२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदेशी सम्बन्धन लिएर सञ्चालित कलेजमाथि छानबिन गर्न माग

अ+ अ-

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विदेशी सम्बन्धन लिएर नेपालमा सञ्चालित कलेजका गतिविधिमाथि छानबिन गर्न माग गरेको छ । 

त्यस्ता कलेजहरूले विदेशी सम्बन्धनको नाममा ठगी गरिरहेको र त्यस्ता कार्यमा सरकारी संयन्त्रकै संरक्षण रहेको नेविसंघको आरोप छ ।

बुधबार नेविसंघका केन्द्रीय सदस्य भूपेन्द्रसिंह थेबे नेतृत्वको टोलीले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलाई भेटेर ध्यानाकर्षण पत्र बुझाउँदै विदेशी नामधारी, स्तरहीन र शंकास्पद संस्थाहरूलाई अनुगमन गरी नियमनको दायरामा ल्याउन माग गरेको हो ।

नेविसंघले त्यस्ता कलेजहरूमाथि तत्कालै अनुगमन गरी कारबाहीको प्रक्रिया अघि बढाउन मन्त्रालयको ध्यानाकर्षण गराएको छ । संघले एकातिर देशका गौरवशाली विश्वविद्यालयलाई स्रोत, साधन र अधिकारविहीन बनाइएको, र अर्कोतिर विदेशी कलेजहरूले मनलाग्दी विद्यार्थी भर्ना गर्ने र मनपरी शुल्क लिएर अभिभावकको रगत–पसिनाको कमाइ चुस्ने गरिरहेकोप्रति आक्रोश व्यक्त गरेको छ ।

नेविसंघले यो विषय केवल भर्ना र शुल्कको मात्र नभई नेपालको राष्ट्रिय स्वाभिमान, शैक्षिक सार्वभौमिकता र भविष्यको पुस्तामाथिको संगठित हमला भएको समेत जनाएको छ । नेपाली मुद्रा विदेश पलायन भइरहेको छ, हाम्रा आफ्नै प्राज्ञिक संस्थाहरूको अपमान भइरहेको छ र भविष्यमा कुनै पनि अन्तर्राष्ट्रिय निकायमा मान्यता नपाउने कागजको खोस्टोलाई विश्व स्तरीय डिग्री भनेर बेचिँदै छ,’ नेविसंघले बुझाएको ज्ञापन पत्रमा लेखिएको छ, ‘यो बौद्धिक उपनिवेशीकरण र शैक्षिक लुटतन्त्रलाई राज्य आफैँले संरक्षण गरिरहेको हाम्रो ठहर छ ।’

संघले विदेशी सम्बन्धनका नाममा खुलेका सम्पूर्ण कलेजहरूको वैधानिकता, आर्थिक कारोबार र शैक्षिक गुणस्तरमाथि छानबिन गर्न तत्काल एक उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न माग गरेको छ ।

अन्तर्राष्ट्रियस्तरमा शंकास्पद र वरीयतामा नपरेका विश्वविद्यालयसँग सम्बन्धन लिएका कलेजलाई तत्काल कालोसूचीमा राखी सम्बन्धन खारेज गर्नसमेत संघले माग गरेको छ । नेविसंघले तत्कालै शिक्षा ऐन जारी गर्न र शिक्षा क्षेत्रको सुधारका लागि सरकारले विगतदेखि गर्दै आएका प्रतिबद्धता पूरा गर्नसमेत मन्त्री पन्तको ध्यानाकर्षण गराएको छ ।