१४ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कारागारमा क्षमताभन्दा बढी कैदी बन्दी

अ+ अ-

गौशाला । महोत्तरीको कारागारमा क्षमताभन्दा बढी कैदिबन्दी रहेकाले समस्या भएको जेलर शाभेन्द्र ठाकुरले बताए । महोत्तरी र धनुषा र सर्लाही जिल्लाको समेत संयुक्त कारागारका रुपमा रहेको क्षमता भन्दा बढी कैदी बन्दी छन् ।

एक सय पैतिस जनासम्मको कैदी तथा बन्दी राख्ने क्षमता रहेको उक्त कारागारमा अहिले ४४६ जना कैदी तथा बन्दी रहेको जेलर शोभेन्द्र ठाकुरले बताए ।

उनका अनुसार आज बिहानसम्म जलेश्वर कारागारमा ३९२ पुरुष, ५२ महिला र दुई आश्रित बालबालिका गरी जम्मा ४४६ जना कैदी तथा बन्दी छन् ।

करीब १५५ वर्ष पहिले १३५ जना कैदी तथा बन्दी राख्ने उद्देश्यले निर्माण गरिएको उक्त कारागारमा आज क्षमताभन्दा तीन गुणाभन्दा बढी कैदी तथा बन्दी रहेकाले यहाँ कैदी तथा बन्दीलाई विभिन्न समस्या हुने गरेको जेलर ठाकुरले बताए ।

भित्री कारागार प्रशासनको जिम्मेवारी सम्हाल्ने चौकीदार श्रीनारायण महतोका अनुसार क्षमता भन्दा बढी कैदी तथा बन्दीको चापले उनीहरूलाई सुत्न, बस्न र खाने बेलामा समस्या हुन्छ भने शौचालय, पानी र अन्य विण्भिन्न समस्यासमेत हुने गरेकाले धान्नै मुस्किल भएको छ ।

उनका अनुसार कैदी तथा बन्दी पुरा समय सुत्न नपाउँदा पालो कुर्नुपर्छ भने एक व्यक्तिका लागि १६ इन्च मात्र सुत्ने ठाउँ भएकाले श्वास प्रश्वासमा समस्या हुन्छ । ठाउँ अभावका कारण भित्रको बाटोघाटोमा समेत उनीहरू सुत्नुपर्ने, खाना खाने बेलामा हातमा थाल राखेर खानुपर्नेजस्ता समस्या छन् ।

शौचालयका लागि आधा–आधा घण्टासम्म पालो कुर्नुपर्ने, नुहाउनका लागि पालो कुर्नुपर्ने र लुगा धुन, खाना पकाउनसमेत निकै कठिनाइको सामना गर्नुपरेको चौकीदार महतोको भनाइ थियो ।

कारागारमा क्षमताभन्दा निकै बढी कैदी तथा बन्दी भएकैले समय समयमा बिरामीका कारण अन्यमा संक्रमण हुने गरेको छ ।

डेढसय वर्ष भन्दा पनि पुरानो भौतिक संरचना रहेको यस कारागार अति जीर्ण भइसकेको तथा जलेश्वर नगरकै सबैभन्दा गहिरो स्थान बन्न पुगेकाले वर्षात्का बेला कारागारको पानी बाहिर ननिस्कने तथा बाहिरका पानीसमेत यसै कारागारमा प्रवेश गर्दा कैदीबन्दीलाई झन बढी संक्रमण हुने गरेको जेल प्रशासनले जनाएको छ ।

कारागारभित्र पुरुषतर्फ १६ वटा र महिलातर्फ चार वटा कोठा रहेको, पुरुषतर्फ नौ र महिलातर्फ दुई गरी ११ वटा शौचालय, छ वटा खानेपानी पाइप र दुई वटा धारा कैदी तथा बन्दीका लागि अप्रयाप्त छ ।

बढी चापका कारण पूर्वाधारको अभावका साथै स्वास्थ्य समस्यासमेत थपिने खतरा बढ्दै गएकाले कैदी तथा बन्दीहरूले उचित व्यवस्थापनका लागि सम्बन्धित निकायसँग माग गर्दै आएका छन् ।

यस सम्बन्धमा कारागार कार्यालयका जेलर ठाकुरले आफू कारागार तथा कैदीबन्दीको सम्पूर्ण समस्याका बारेमा कारागार व्यवस्थापन विभाग लगायतका निकायमा समय समयमा जानकारी गराउनुका साथै व्यवस्थापनका लागि माग गर्दै आएको बताए। रासस

प्रतिक्रिया दिनुहोस