२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हेटौँडा उपमहानगरले ल्यायो दुई अर्ब ९० करोडको बजेट

अ+ अ-

काठमाडौँ । हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २ अर्ब ९० करोड ३ लाख १० हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ ।

विनियोजन गरेको बजेट चालु आर्थिक वर्षको भन्दा १९ प्रतिशतले वृद्धि गरी बजेट प्रस्तुत गरिएको हो ।

जुन चालु आवको भन्दा करिब ७ करोड रुपैयाँ बढी हो । उपप्रमुख राजेश बानियाँले मंगलबार १७ औँ नगर सभामा पेस गरेको बजेटको खर्च व्यहोर्ने स्रोततर्फ संघीय सरकारबाट प्राप्त हुने अनुदान १ अर्ब १९ करोड ५० लाख, आन्तरिक स्रोतबाट ६२ करोड ७६ लाख ८० हजार, राजस्व बाँडफाँटबाट ९२ करोड ७० लाख ५५ हजार, प्रदेश सरकारबाट विभिन्न अनुदानबाट प्राप्त हुने ११ करोड, ४५ लाख ७५ हजार तथा नगर विकास कोषबाट ऋण ३ करोड ६० लाख रुपैयाँ अनुमान गरिएको छ ।

उपमहानगरले नगरस्तरीय पूर्वाधार विकासतर्फ ६२ करोड ३९ लाख ४१ हजार, वडास्तरीय योजना तथा कार्यक्रमका लागि ३२ करोड २५ लाख ६२ हजार रुपैयाँ विनियोजन गरेको छ ।

आर्थिक विकासतर्फ ४ करोड ६९ लाख ७ हजार रुपैयाँ, शिक्षातर्फ ५ करोड ५१ लाख, स्वास्थ्यतर्फ २ करोड ७८ लाख, युवा तथा खेलकुद विकासतर्फ २ करोड ५५ लाख रुपैयाँ विनियोजन गरिएको उपप्रमुख बानियाँ प्रस्तुत गरेको बजेट पुस्तिकामा उल्लेख छ ।

वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ६ करोड ५० लाख २० हजार रुपैयाँ तथा संस्थागत विकासतर्फ ६३ करोड ५४ लाख ९० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

हेटौँडाले हरियाली, वृक्षारोपण तथा रंगरोगन, सफा हेटौँडा, जलवायु, वन तथा भूसंरक्षण, वातावरण संरक्षण, विपद् जोखिम न्यूनीकरण र जल उत्पन्न प्रकोप नियन्त्रण, फोहोर मैला व्यवस्थापन, ढल तथा नाला पूर्वाधार, खानेपानी सरसफाइतर्फका कार्यक्रम तथा योजना सञ्चालन गर्न ३ करोड १५ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता, सहिद स्मृति स्थानीय गोल्डकप, उपमेयर कप महिला तथा पुरुष भलिबल, मेयर कप रनिङ शिल्ड, मेयर कप फुटबल जस्ता खेलकुद प्रतियोगिता आयोजना र विभिन्न खेलकुद मैदान तथा पूर्वाधार निर्माण, सीप विकास तालिम, खेल सामग्री सहयोग, खेलकुद प्रतियोगितामा सहभागिता लगायत कार्यक्रमका लागि २ करोड ५५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

मेयरसँग स्वरोजगार कार्यक्रम, चिज बनाउने उद्योग, कपाल कटाई, काष्ठकला, मकैको खोस्टा र थाकलको चकटी सम्बन्धी तालिम सञ्चालन गर्न, कोसेली घर सञ्चालन लगायतका उद्योग, वाणिज्य तथा सहकारी तर्फ उपमहानगरपालिकाले ९८ लाख ३६ हजार व्यवस्था गरेको छ । हेटौँडाले आर्थिक विकास क्षेत्रभित्रका योजना तथा कार्यक्रमका लागि ४ करोड ६९ लाख ७ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अटोभिलेज पूर्वाधार निर्माण हेटौँडा-११, वाटर फन पार्क हेटौँडा-१४, गड्डा आरती स्थल हेटौँडा-१० का लागि बजेट व्यवस्था गरिएको छ भने निर्माणाधीन एकीकृत बसपार्क तथा टर्मिनल भवन निर्माण सम्पन्न गरी सञ्चालन गर्न ४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।