२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपा सांसदद्वारा भारतका पूर्वउपराष्ट्रपति नायडूसँग भेटवार्ता

अ+ अ-

काठमाडौँ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदद्वय सोविता गौतम र हरि ढकालले भारतका पूर्वउपराष्ट्रपति एम वेंकैया नायडूसँग भेटवार्ता गरेका छन्।

रास्वपाको प्रवासी नेपाली सम्पर्क मञ्च, भारतअन्तर्गत कर्नाटक राज्य समिति घोषणा गर्न बैंगलोर पुगेका सांसदद्वयले पूर्वउपराष्ट्रपति नायडूसँग भेटवार्ता गरेका हुन्।

भारतका पूर्वउपराष्ट्रपति नायडूसँग अनौपचारिक भेटवार्ता भएको जानकारी दिँदै सांसद गौतमले फेसबुकमा लेखेकी छन्, ‘संक्षिप्त भेटका क्रममा भएको संवादमा भारतमा रहेका प्रवासी नेपालीहरूको अवस्था, समस्या, नेपाल–भारत सम्बन्धका विविध आयामहरू तथा दीर्घकालीन संरचित समन्वय आवश्यकताका विषयहरू केन्द्रमा रहे ।’

भेटमा आफूहरूले राष्ट्रिय स्वतन्त्र पार्टीको मूल दृष्टिकोण, राजनीतिक उद्देश्य र अभियानबारेमा समेत संक्षिप्त जानकारी गराएको उल्लेख गरेकी छन्।

उनले थपेकी छन्, ‘यो भेटवार्ता पूर्णतः अनौपचारिक प्रकृतिको थियो । उहाँको आत्मीयता, अनुभव र विचारप्रति हामी गहिरो कृतज्ञता व्यक्त गर्दछौँ। यस्ता संवादहरूले क्षेत्रीय सहकार्य, आपसी समझदारी र जनस्तरको सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत पुर्‍याउने विश्वास लिएको छौँ।’

पूर्वउपराष्ट्रपति नायडू भारतीय जनता पार्टी (भाजपा)का नेता हुन्।