विराटनगर । गृहमन्त्री रमेश लेखकले विपद्जन्य घटनामा तत्काल उद्धार र राहत वितरणका लागि प्रादेशिक आपतकालीन गोदामघर कोशी प्रदेश सरकारलाई हस्तान्तरण गरेका छन्। मंगलबार विराटनगरमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई गोदामघर हस्तान्तरण गरे।
पाँच हजारभन्दा बढी प्रकारका सामग्रीसहित गोदामघरको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी पनि प्रदेश सरकारलाई हस्तान्तरण गरिएको एक सहभागी अधिकारीले प्रशासनलाई बताए।
मुख्यमन्त्री कार्कीले संघीयता कार्यान्वयन र कानून निर्माणमा प्रदेश सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने कार्यप्रति संघीय सरकारलाई धन्यवाद दिए।
यो गोदामघरले प्राकृतिक वा अन्य विपद्का समयमा राहत सामग्री भण्डारण र तत्काल उद्धार कार्यमा सहजता ल्याउने अपेक्षा गरिएको छ।