३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थुनुवा र कैदी बन्दीको मानवअधिकारप्रति सरकार संवेदनशील छ –गृहमन्त्री लेखक

अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले थुनुवा र कैदी बन्दीको मानवअधिकारप्रति सरकार संवेदनशील रहेको बताएका छन्। मोरङ कारागारको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले लोकतन्त्रमा मानवअधिकार सर्वोपरि हुने उल्लेख गरे।

“लोकतन्त्रको आधार नै मानवअधिकार हो। थुनुवा वा कैदी बन्दीको मानवअधिकारप्रति सरकार सचेत छ,” उनले भने।

गृहमन्त्री लेखकले कारागारमा कैदी बन्दीको संख्या बढ्दा जोखिम रहेको बताउँदै यसलाई व्यवस्थित गर्न सरकार प्रयासरत रहेको उल्लेख गरे। “यो नयाँ भवन कारागार व्यवस्थापनको उदाहरण हो। खुला कारागार र सुधार गृहको अवधारणालाई अगाडि बढाउन जरुरी छ,” उनले थपे।

उनले कारागारलाई उद्योगग्रामका रूपमा विकास गर्ने योजना रहेको बताए। “कैदीबन्दीले कारागारमा सीप सिकेर उत्पादनमा जोडिनुपर्छ। यसले आयआर्जनमा सहयोग गर्छ,” उनले भने। मोरङ कारागारमा अत्याधुनिक मेसिनबाट कपडा बुन्ने काम भइरहेको उनले जानकारी दिए।

“कारागारबाट निस्कँदा कैदीबन्दी नयाँ चेतना र सोचसहित समाजमा फर्कनुपर्छ। त्यसका लागि कारागारलाई आधुनिक बनाउने प्रयासहरू भई रहेका छन् ।

गृहमन्त्री लेखकले वर्तमान सरकारले मुलुकमा स्थिरता कायम गरेको र आर्थिक गतिविधिमा सुधार आएको दाबी गरे। “सरकार गठन भएको १० महिनामा प्रधानमन्त्रीले विश्वासको मत लिनुपरेको छैन। यो स्थिरताले आर्थिक सुधारमा योगदान पुर्‍याएको छ,” उनले भने।

उनले सरकारले निराशालाई आशामा बदल्न र नीतिगत सुधारमा जोड दिएको बताए। “हामी आशा जगाउने दिशामा अगाडि बढेका छौँ,” उनले थपे।

प्रतिक्रिया दिनुहोस