२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारत-पाकिस्तान तनावग्रस्त क्षेत्रबाट नेपाली विद्यार्थी उद्धार गर्न माग

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले भारत र पाकिस्तानको तनावग्रस्त क्षेत्रबाट नेपाली विद्यार्थीको उद्धार गर्न माग गरेकी छन् ।

परराष्ट्र र शिक्षा मन्त्रालयलाई पत्र लेखेर सांसद श्रेष्ठले विद्यार्थीको उद्धार गर्न माग गरेकी हुन् ।

‘पाकिस्तानमा मानवीय क्षति बढ्दै गएको अवस्थामा त्यहाँ अध्ययनरत विद्यार्थीहरूले आफ्नो ज्यानको सुरक्षा गरिदिन र नेपाल फर्किने वातावरण बनाइदिन आग्रह गर्दै हामीलाई पत्र लेखेका छन् । पाकिस्तानको लाहोर, फैसलावाद, बाहावलपुर, मुल्तान, कराँची, सियालकोट, सहिवल जस्ता ठाउँहरूमा एमबीबीएस पढ्न गएका ८० भन्दा बढी नेपाली विद्यार्थीहरू रहेका छन् भनी जानकारी गराएका छन्,’ सांसद श्रेष्ठले परराष्ट्रलाई लेखेको पत्रमा भनिएको छ ।

उनले विद्यार्थीको उद्धारको लागि भइरहेको पहलको जानकारीसमेत माग गरेकी छन् ।

‘विद्यार्थीको उद्धारका लागि सम्बन्धित मन्त्रालयले के कस्तो योजना बनाएको छ ? इजरायलमा जस्तै चार्टर्ड फ्लाइट गरिन्छ भने, कुन अवस्थामा गरिनेछ ? यदि नेपाल ल्याउन नसक्ने स्थिति भएमा कुन क्षेत्रमा विद्यार्थीलाई राख्ने, बस्ने-खानेको व्यवस्था आदि तैयारी के कस्तो हुनेछ ? यसबारे जानकारी माग गर्दछु,’ उनले पत्रमा लेखेकी छन् ।

प्रतिक्रिया दिनुहोस