२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हावाहुरी र असिनापानीले बालीनालीमा असर

अ+ अ-

दाङ । आइतबार राति परेको असिना पानी र हावाहुरीले जिल्लाका विभिन्न भागमा लाखौँको बालीनालीमा क्षति भएको छ ।

असिना पानीले देउखुरीको लमहीको कोलही क्षेत्रदेखि गढवा क्षेत्र तथा अन्य क्षेत्रमा लगाइएका तरकारी बालीमा व्यापक क्षति पु¥याएको त्यहाँका किसानले बताएका हुन् । देउखुरीमा बेमौसमी खेतीका रुपमा प्रख्यात बगर खेतीमा फल्न थालेका बोडी, भिन्डी, करेला र लौका खेतीमा व्यापक क्षति पु¥याएपछि त्यहाँका किसान निराश छन् ।

‘आइतबारको असिना पानीले खेतबारीको सबै तरकारी खेती नष्ट गरिदिएको छ, अब हातमुख जोर्ने विकल्पसमेत रहेन’, तरकारी किसान कुन्ती चौधरीले भने । उनी जस्तै देउखुरीमा व्यावसायिक तरकारी खेती गर्ने करीब १०० भन्दा बढी परिवार यसबाट प्रभावित भएका छन् । त्यसैगरी रामपुरको बुका क्षेत्रमा पनि बेमौसमी तरकारी खेती हावाहुरी र असिनाले सखाप बनाएको त्यहाँका किसानले बताएका छन् ।

बेमौसमी तरकारी बालीमा क्षति पु¥याएसँगै सोमबारदेखि देउखुरीमा तरकारीको भाउ अचाक्ली बढेको उपभोक्ताले बताए । तरकारीको मूल्य पनि करीब दोब्बर महँगो भएको लमहीकी उपभोक्ता यमुना केसीले बताइन् ।

हावाहुरीसँगै जिल्लाको जनजीवनसमेत प्रभावित भएको छ । असिना, हावाहुरी र चट्याङले जिल्लाका विभिन्न क्षेत्रमा विद्युत्का पोलमा क्षति पु¥याउँदा आइतबार रातिदेखि विद्युत् सेवा कहीँ ठप्प तथा कहीँ अनियमित रुपमा प्रसारण भइरहेको छ ।

विद्युत् सेवा अवरुद्ध हुँदा जिल्लाका सञ्चारमाध्यम सबैभन्दा प्रभावित भएका छन् । कहाँ विग्रिएको छ छ भन्ने पत्ता लगाउन विद्युत्का प्राविधिकलाई समेत हम्मेहम्मे परेको जिल्ला विद्युत् कार्यालयले जनाएको छ ।

यसैबीच असिना पानी परेपछि पहाडी क्षेत्र तथा पश्चिम दाङका किसान भने खुशी भएका छन् । मकैबालीका लागि वैशाख १५ पछि उत्तम मानिने भन्दै यही वर्षात्को अवसर छोपी मकैबाली लगाउन थालिएको त्यहाँका स्थानीयवासीले बताएका छन् ।

वैशाख पहिलो सातादेखि नै त्यहाँका किसानले मल बीउ र बर्खे तरकारीलगायतको जोहो गरिसकेका हुन्छन् । त्यसैगरी पहाडी क्षेत्रमा समेत मकैबाली लगाउन शुरु गरिएको त्यहाँका किसानले जनाएका छन् । मध्य दाङको समथर भागमा भने जेठ पहिलो सातालाई मात्रै मकैबालीका लागि उपयुक्त मौसमका रुपमा लिइँदै आएको छ ।