२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वाधार विकास तथा विपद् व्यवस्थापनमा देशभरमा उत्कृष्ट बन्यो सिद्धार्थनगर 

अ+ अ-

काठमाडौँ । सहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन क्षेत्रमा उल्लेख्य कार्यसम्पादन गरेको भन्दै रुपन्देहीको सिद्धार्थनगर नगरपालिका देशभरका नगरपालिकाहरूमध्येबाट उत्कृष्ट बनेको छ ।

नेपाल नगरपालिका संघले आर्थिक वर्ष २०८०/०८१ मा उत्कृष्ट कार्यसम्पादन गरेकोले सोको मूल्यांकन गर्दै सिद्धार्थनगर नगरपालिकालाई पुरस्कृत गरेको हो ।

संघको ३२ औँ स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले नगरप्रमुख इश्तियाक अहमद खाँ र उपप्रमुख उमा अधिकारीलाई उत्कृष्ट नगरपालिका पुरस्कार–२०८१ बाट सम्मान गरेका छन् ।

संघले उक्त विधामा प्रत्येक वर्ष देशभरका नगरपालिकाहरुमध्ये उत्कृष्टलाई पुरस्कृत गर्दै आएको छ । आर्थिक वर्ष २०८०–०८१ मा संघले प्रदान गर्ने पुरस्कार प्राप्त गर्न पाउँदा खुशी लागेको नगरप्रमुख (मेयर) इश्तियाक अहमद खाँले बताए । संघले नगरपालिकाहरूको विभिन्न सूचक हेरेर पुरस्कार प्रदान गर्छ ।

त्यसका आधारमा सिद्धार्थनगरलाई उत्कृष्ट घोषणा गरिएको हो । मेयर खाँले सबैको मिहिनेत र योगदानले नगरपालिका उत्कृष्ट भएको भन्दै नगरबासीलाई धन्यवाद व्यक्त गरेका छन् ।

‘हामी जनप्रतिनिधि, कर्मचारी, नगरबासीको योगदानले उत्कृष्ट नगरपालिकाको पुरस्कार प्राप्त गर्न सफल भयौँ’, उनले भने, ‘यो सम्मानले हामीलाई अझै कामप्रति थप जबाफदेही बनाएको छ ।’ 

आगामी दिनमा सबै सूचकांकहरुमा पालिकालाई सर्वोकृष्ट हुने गरी काम गर्नुपर्ने उनले बताए ।

नगरपालिकाले मुलुकभरका नगरपालिकाहरूलाई पछि पार्दै ८५ प्रतिशत अंक प्राप्त गरेको नगरपालिका संघले जनाएको छ । सहरी योजना, यातायात व्यवस्थापन र खानेपानीमा पनि नगरपालिकाले उत्कृष्ट कार्यसम्पादन गरेको जनाइएको छ ।