१० जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युवाका सवालमाथि सहभागीमूलक बहस

अ+ अ-

काठमाडौं । नेपाली युवामा विदेश पलायनको मोह बढेको र यसलाई रोक्नेतर्फ सरकारी प्रयास हुन नसक्दा मुलुक विस्तारै युवाविहीन बन्दै गएकामा चिन्ता व्यक्त गरिएको छ ।

नेपाल सहभागीमूलक कार्य समूह (नेपान) ले आज यहाँ आयोजना गरेको युवाका वर्तमान सवालहरूमाथि छलफल कार्यक्रममा सहभागी वक्ताहरुले वेरोजगारी समस्याको समाधान वैदेशिक रोजगार हुन नसक्ने भन्दै वैदेशिक रोजगारीमा जाने युवाले शारिरीक तथा मानसिक लगायत विभिन्न समस्या भोग्नु परेको धारणा राखे ।

युवालाई स्वावलम्बी बनाउन अहिलेको पाठ्यक्रम नै बदलेर व्यावहारिक र सीपमुखी शिक्षण हुनु जरुरी छ भन्ने कुरामा पनि सहभागीहरूको जोढ रहेको थियो ।

सो अवसरमा विकासविद् डा. रोजी जोशीले कार्यपत्र प्रस्तुत गर्दै नेपालको शिक्षा व्यवहारोपयोगी हुन नसकेको, युवाको सामाजिक सुरक्षाका लागि प्रयास नभएको, आफैं लगानी गरी स्वउद्यममा संलग्न हुन चाहने युवालाई सहयोग गर्ने पद्धति नबसेको, युवाका लागि दिइने ऋण सीमित स्वार्थी व्यक्तिका हातमा पुगी दुरुपयोग भएकोजस्ता समस्याले युवा जनशक्ति पलायन भएको उल्लेख गरे ।

उनले युवाका सवालमा सरकारी, गैरसरकारी तथा निजी क्षेत्रसमेतको यथेष्ट चासो नपुगेको, महिलालाई आरक्षण र सशक्तीकरण गर्ने नाममा झन् पराधीन बनाउन खोजिएको बताए ।

नेपानका अध्यक्ष चेतनाथ कणेलले सरकारी, गैरसरकारी, निजी, सहकारी र प्राज्ञिक क्षेत्रले सामूहिक तवरले काम नगरेसम्म युवाका शिक्षा, स्वास्थ्य, रोजगारी, सदाचार, समग्र क्षमता अभिवृद्धि एवम् आत्मविश्वास अभिवृद्धि हुन नसक्ने कुरामा जोड दिए।

नेपानका कार्यकारी निर्देशक फटिकबहादुर थापाले नेपानले स्थापनाकालदेखि नै सहभागीमूलक विकास पद्धतिसँग सम्बन्धित विविध सवाल र समस्यामा अनुसन्धान, तालीम, प्रकाशन, कार्यमूलक अनुसन्धानमुखी विकास परियोजना कार्यान्वयन तथा विकास–सञ्जालीकरणजस्ता विषयमा काम गर्दै आएको जानकारी दिए ।

नेपानले विकासमूलक बहुआयामिक सवालहरूमाथि मासिकरूपमा अनुभव आदानप्रदान तथा छलफल–बहस चलाउँदै आएको छ । सन् १९९५ मा भएको यस संस्थामा करिब ३०० जना विकासकर्मी सदस्य रहेका छन् ।
रासस

प्रतिक्रिया दिनुहोस