१० जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आयोगमा शिक्षा र स्थानीय तहका उजुरी बढी

अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सबैभन्दा बढी शिक्षा र स्थानीय तहका क्षेत्रका उजुरी पर्ने गरेका छन् ।

गतवर्षमा सबभन्दा बढी शिक्षाका एक हजार ५२६ र स्थानीय तहका एक हजार २९७ उजुरी परेको आयोगका प्रवक्ता दीर्घराज मैनालीले बताए । उनका अनुसार शिक्षामा शिक्षक नियुक्ति, विद्यालयको भौतिक पूर्वाधार, नक्कली शिक्षकका उजुरी पर्ने गरेका छन् ।

यस्तै जनप्रतिनिधि आइसकेपछि स्थानीय तहका सम्बन्धमा पनि आयोगमा उजुरी पर्ने गरेका छन् । प्रवक्ता मैनालीले स्थानीय तहका सेवा प्रभाव, राजश्वमा अनियमितता, कर्मचारीको ढिलासुस्ती, नक्सापासजस्ता उजुरी पर्ने गरेको बताए । उनले स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि बढी उजुरी परेको बताए ।

आयोगले ती उजुरीका सम्बन्धमा अनुसन्धान जारी राखेको उनले बताए । यस्तै आयोग स्थानीय जनप्रतिनिधिलाई सुशासन र भ्रष्टाचारका सम्बन्धमा अभिमुखीकरण तालीम सञ्चालन गर्न थालेको छ ।

स्थानीय तहका जनप्रतिनिधिलाई भ्रष्टाचार नियन्त्रणमा भूमिका खेल्नका लागि अभिमुखीकरण गरिएको प्रवक्ता मैनालीले बताए । उनका अनुसार प्रदेश नं १ र २ मा सकिएको छ भने बाँकी प्रदेशमा यसै महिनाभित्र सकिने छ । रासस

प्रतिक्रिया दिनुहोस