२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्री लेखकको निर्देशनः प्रहरीमाथिको आक्रमणमा संलग्न जोसुकैलाई कारबाही गर्नुस्

अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले हालै प्रहरीमाथि भएका कुटपिट र दुर्व्यवहारका घटनामा संलग्न जोसुकैलाई कानुनी कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन्।

बुधबार बिहान गृह मन्त्रालयमा आयोजित बैठकमा गृहमन्त्री लेखकले नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक(आईजीपी) बसन्त बहादुर कुँवरसहित उच्च प्रहरी अधिकारीहरूलाई सुरक्षा सुदृढीकरणका लागि आवश्यक कदम चाल्न निर्देशन दिए। उनले प्रहरी कर्मचारीमाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै छानबिन गरी दोषीमाथि तत्काल कानुनी कारबाही गर्न आग्रह गरे।

गृहमन्त्री लेखकले पछिल्ला दिनहरूमा मुलुकका विभिन्न स्थानमा सुरक्षाकर्मीमाथि कुटपिट र दुर्व्यवहारका घटनाहरू सार्वजनिक भइरहेका सन्दर्भमा सचेत रहन सुरक्षा संयन्त्रलाई निर्देशन दिए। उनले समाजमा शान्ति सुव्यवस्था कायम गर्न प्रहरीलाई अझ प्रभावकारी रूपमा क्रियाशील हुन आग्रह गरे।

‘घटनामा संलग्न जोसुकै भए पनि कानुनी प्रक्रिया अवलम्बन गरी कारबाही गर्न निर्देशन दिएको छु,’ गृहमन्त्री लेखकले भने, ‘समाजको सुरक्षामा खलल पुर्‍याउने र प्रहरीमाथि आक्रमण गर्ने जोकोहीलाई कानूनी दायरामा ल्याउनुपर्छ।’

उनले सुरक्षा सुदृढीकरणका लागि प्रहरीको भूमिकालाई थप प्रभावकारी बनाउन आवश्यक सबै कदम चाल्ने प्रतिबद्धता जनाए।