धनगढी । टिम चौराह धनगढी लगातार दोस्रो पटक धनगढी प्रिमियर लिग (डिपिएल) को उपाधि जित्न सफल भएको छ । काठमाडौं गोल्डेन्सलाई २१ रनले पराजित गर्दै धनगढी उपाधि चुम्न सफल भएको हो ।
धनगढीले काठमाडौंसामु १ सय ८२ रनको लक्ष्य दिएको थियो । काठमाडौं २० ओभरमा ८ विकेट गुमाउदै १ सय ६० रनम समेटियो ।
जितसँगै धनगढीले २५ लाख पुरस्कार हात पारेको छ भने उपविजेता काठमाडौंले १५ लाख प्राप्त गरेको छ ।