२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गगन थापाको दाबी : सबैलाई मिलाएर संविधान संशोधन हुन्छ

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसको महामन्त्री गगन थापाले एमाले-काँग्रेस नेतृत्वको सरकारले सबैको सहमतिमा संविधान संशोधन गरिने बताएका छन् ।

४९ औँ राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा हेटौंडाम आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले देशको स्थायित्वको लागि संविधान संशोधन आवश्यक रहेको उनले बताए । अहिलेको निर्वाचन प्रणालीले गर्दा देशमा राजनीतिक स्थायित्व नआउने देखेर एमाले-काँग्रेस मिलेर सरकार निर्माण गर्दै संविधान संशोधनको तयारी गरेको बताए ।

सरकारले संविधान संशोधनको विषयलाई सबै दलको साझा धारणा बनाएर लैजाने कसरत सुरु गरिसकेको भन्दै थापाले संघियताको विषयलाई पनि संविधान संसोधनमार्फत केही परिमार्जन गर्नुपर्ने बताए ।

प्रदेशको अहिलेको संख्यामा जनप्रतिनिधि आवश्यक नरहेको बताउँदै थापाले प्रदेश तहमा हुने जनप्रतिनिधि र मन्त्रीको सङ्ख्यालाई संविधान संशोधन मार्फत घटाइनुपर्ने बताए ।

फरक प्रसंगमा बोल्दै थापाले नेपाली जनतामा प्रगतिको भोक रहेको बताए । उनले भने आजको दिनको नेपाली समाजको सबैभन्दा ठूलो समस्या भनेको प्रगतिको भोक छ, त्यसमा हामीले सोच्नुपर्नेछ,’ थापाले अघि भने, ‘जनता छन्, उनीहरूसँग समस्या छन्, त्यसको समाधान काँग्रेसले पूरा गरिदियोस् भन्ने छ । पुराना कुरामा अड्किएर बस्ने होइन । नेपाली समाज उकुसमुकुस छ । त्यसलाई हामीले सम्बोधन गर्नुपर्ने छ ।’

आफूले विदेशीको लगानी भित्र्याउनेगरि अनलाइन बिज्नेसको कुरा गर्दा कीर्तिपुरको डाँडा भनेर ट्रोल गरिएको भन्दै अब कानून संशोधित गर्दै विदेशी लगानीलाई नेपालमा ल्याउने र नेपालको सफ्टवेयरमा काम गर्नेहरूलाई विदेशमा पनि कम्पनी खोल्न मिल्ने वातावरण बनाइने उनले बताए ।