२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दोहोरिँदै आउँछन् घरेलु हिंसाका घटना

अ+ अ-

ललितपुर । घरेलु हिंसासम्बन्धी एउटै घटना दोहोरिएर आउने गरेको छ ।

श्रीमान्सँगको विभिन्न किसिमका झगडालाई लिएर महिला बारम्बार प्रहरीसम्म आइपुग्ने गरेको महानगरीय प्रहरी परिसर ललितपुरअन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रकी प्रमुख चञ्चला श्रेष्ठले बताइन् ।

प्रहरीले घटना हेरेर सामान्य झगडामा मेलमिलाप गराउने गरेको छ । प्रहरीसम्म आएर गएको एक साता नबित्दै त्यही विषयमा महिला आइपुग्ने गर्छन् । उनी भन्छिन्, ‘कति त नियमित जस्तै वर्षांैदेखि यहाँ आइरहेका घटना पनि छन् ’

महिला हिंसाका घटनामा सबैभन्दा बढी घरेलु हिंसाका घटना प्रहरीसम्म आइपुग्छ । श्रीमान्ले कुटेको, खान नदिएको, बाहिर अर्की श्रीमती राखेको, सन्तानलाई बेवास्ता, विवाह र जन्मदर्ता नगराएकोेलगायतका समस्या लिएर महिला आउने गरेका हुन् ।

पहिले श्रीमान्लाई कारवाही माग गर्ने महिलापछि भने आफैँ छुटाउन लाग्छन् । उनी भन्नुहुन्छ, ‘श्रीमान् दोषी देखिएमा प्रहरीले अनुसन्धानका लागि हिरासतमा राख्छ तर छुटाउन श्रीमती नै आइपुग्छन् ।’ प्रहरीसम्म आएका घटनामा श्रीमान्–श्रीमतिको अलग्गिन चाहेको र मिल्न सक्ने अवस्था नहुँदामात्रै सम्बन्धविच्छेदका लागि अदालत पठाउँछ । अधिकांश घटनामा भने एकपटक प्रहरीसम्म आएका मुद्दा नै बारम्बार दोहोरिन्छन् ।

शिक्षित वर्ग र शहरी क्षेत्रका उच्च वर्गका मानिसको कममात्रै मुद्दा आउँछ । केन्द्रमा सबैभन्दा बढी न्यून र मध्यम वर्गीय परिवारका घरायसी समस्या आउने गरेका छन् ।

साउनदेखि यतामात्रै १३३ वटा घरायसी झगडा केन्द्रमा आएका छन् । रासस