१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारद्वारा दुई दर्जन बढी सचिवको सरुवा, को कहाँ ? अपडेटसहित

अ+ अ-

काठमाडौं । सरकारले दुई दर्जन बढी सचिवहरुको सरुवा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिल्ली भ्रमण अघि बिभिन्न मन्त्रालयका सचिवहरुको सरुवा गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव प्रेमकुमार राई गृहसचिवमा सरुवा भएका छन् भने गृह मन्त्रालमा रहेका मोहनकृष्ण सापकोटालाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव राजन खनाललाई अर्थ मन्त्रालय ल्याइएको छ भने उनको ठाउँमा सार्वजनिक खरिद अनुगमनका सचिव महेश्वर न्यौपानेलाई पठाइएको छ ।

त्यसैगरी प्रधानमन्त्री कार्यालयका सचिव खगराज बराललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, पशुपन्छी विकास मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीलाई वन तथा वातावरण मन्त्रालय, प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रमान गुरुङलाई सूचना तथा संचार मन्त्रालयमा सरुवा गरिएको छ भने संचारका सचिव केदार बहादुर अधिकारीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ ।

अर्थमन्त्रालयका सचिव शंकर अधिकारीलाई उपराष्ट्रपतिको कार्यालय सरुवा गरिएको छ उपराष्ट्रपति कार्यालयका सचिव लालशंकर घिमिरेलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा तानिएको छ ।

त्यस्तै युवा तथा खेलकुदका सचिव महेश दाहाललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, प्रधानमन्त्री कार्यालयका सचिव कृष्णराज वि सीलाई खानेपानी विकास मन्त्रालय र खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरलाई विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ ।

त्यसैगरी शिक्षा मन्त्रालयका सचिव मधु रेग्मीलाई सार्वजनिक खरिद अनुगमन कार्यालय, पुनर्निर्माण प्राधिकरणका सचिव मधु सुदन अधिकारीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, भौतिकका देवेन्द्र कार्कीलाई जल तथा उर्जा आयोगमा पठाइएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सञ्जय शर्मालाई जलस्रोत, उर्जा तथा सिँचाइ मन्त्रालय, श्र्रम मन्त्रालयका सचिव लक्ष्मण मैनालीलाई प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, नेपाल ट्रष्टका सचिव अर्जुन कार्कीलाई पुनर्निर्माण प्राधिकरण, वन तथा वातावरणका सचिव प्रकाश माथेमालाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय, रक्षा मन्त्रालयका सचिव विनोद केसीलाई राष्ट्रपति कार्यालय, राष्ट्रि योजना आयोगका सचिव विष्णु लम्साललाई रक्षा मन्त्रालय र रक्षा मन्त्रालयका सचिव विनोद केसीलाई राष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ । त्यसैगरी प्रधानमन्त्री कार्यालयका सचिव शरदचन्द्र पौडेललाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ ।

वन तथा वातावरण मन्त्रालयका सचिव युवकध्वज जिसीलाई कृषि, भूमी व्यवस्थापन तथा सहकारी मन्त्रालय, जल तथा उर्जा आयोगका सचिव रमेश प्रसाद सिँहलाई नेपाल ट्रस्टको कार्यालय, राष्ट्रपति कार्यालयका सचिव भुपेन्द्र पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिव अनीलकुमार ठाकुरलाई राष्ट्रिय महिला आयोग, र राजिव गौतम कानून न्याय तथा संसदीय मामिला रहेका छन् ।

त्यसैगरी प्रदेश नम्बर एकका मुख्यसचिव यादवप्रसाद कोइरालालाई काठमाडौं महागरपालिकामा सरुवा गरिएको छ भने प्रदेश नम्बर ६ का प्रमुखसचिव सुरेश प्रधानलाई प्रदेश नम्बर एकको प्रमुख सचिवमा सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस