काठमाडौँ । सरकारले डा. बैकुण्ठ अर्याल अर्यालको राजीनामा स्वीकृत गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजीनामा स्वीकृत गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्धा दर्ता गरेसँगै निलम्बनमा परेका डा. अर्यालले विशेष अदालतबाट सफाइ पाएसँगै राष्ट्रिय योजना आयोगमा सिर्जना गरिएको विशेष अधिकृत पदमा हाजिर गरेसँगै राजीनामा दिएका थिए ।
सम्बन्धित समाचार डा. बैकुण्ठ अर्यालले विशेष अधिकृतका रूपमा योजना आयोगमा गरे हाजिर, राजीनामाको तयारीमा रहेको चर्चा
सम्बन्धित समाचार : डा. बैकुण्ठ अर्यालले दिए राजीनामा
डा. अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत कात्तिक २० मा योजना आयोगमा रमाना पठाएको थियो ।