२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उत्खननका लागि १२६ खानीलाई अनुमति प्रदान

अ+ अ-

काठमाडौं । खानी तथा भूगर्भ विभागले १२६ खानीलाई उत्खननका लागि अनुमति प्रदान गरेको छ ।

विभागले दिएको जानकारीअनुसार चालू आर्थिक वर्षको आठ महिनामा मुलुकभर खनिज पदार्थको अनुसन्धान तथा अन्वेषण गरी सो खानीलाई उत्खननका लागि स्वीकृत प्रदान गरेको हो ।

मुलुकको आर्थिक विकास र समृद्धिका लागि महत्वपूर्ण क्षेत्रका रुपमा लिइएको खनिज पदार्थमध्ये सबैभन्दा धेरै चुनढुङ्गा ४९ खानीलाई उत्खननका लागि अनुमति प्रदान गरेको छ ।

यस्तै अनुमति प्रदान गरिएकामा टुर्मालिन टल्क १४, कोइला १४, टुर्मालिन १२, क्वार्ज चार, काइनाइट आठ, मार्वल तीन, रातोमाटो तीन, फलाम दुई, जिंक एक, क्वार्जजाइट १०, म्याग्नेसाइट एक, डोलोमाइट एक र क्याल्साइट एक खानी रहेका छन् ।

खनिज सम्पदा महाशाखाका प्रमुख रामप्रसाद घिमिरेले चुनढुङ्गा उत्खननका लागि धेरै आवेदन परेको र सोहीअनुसार उत्खननका लागि अनुमति प्रदान गरेको जानकारी दिए । नयाँ संरचना निर्माणका लागि सिमेन्टको अत्याधिक माग भइरहेको अवस्थामा सिमेन्टमा चाहिने महत्वपूर्ण कच्चा पदार्थ चुनढुङ्गाको उत्खनन बढेको हो’, उनले भने ।

विभागले उत्खनन अनुमतिपत्र प्राप्त गरेका पाँच कम्पनीलाई उत्खनन कार्य समयमा शुरु नगरेको भन्दै रद्द गरेको छ । नेपालको महाभारत पर्वत क्षेत्रमा धेरै चुनढुङ्गा खानी रहेका छन् । रासस

0 Comments