२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गिरिबन्धु, क्यान्टोनमेन्ट, यति र ओम्नी छानबिन कहाँ पुग्यो भन्दै गृहमन्त्रीलाई काँग्रेसको प्रश्न

अ+ अ-

काठमाडौँ । सत्तारुढ दल काँग्रेसका सांसदले गिरिबन्धु जग्गामा भएको अनियमितताको अनुसन्धान कहाँ पुगेको छ ? भनेर गृहमन्त्री रमेश लेखकलाई प्रश्न गरेका छन् ।

काँग्रेस सांसद हृदयराम थानीले अघिल्लो सरकारको पालामा प्रतिपक्षले उठाउँदै आएको गिरिबन्धु जग्गालगायतमा भएका भ्रष्टाचारको छानबिन कहाँ पुग्यो भनेर गृहमन्त्री रमेश लेखकलाई सोधेका हुन् ।

प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा सांसद थानीले विगतमा सदनमा उठाएका भ्रष्टाचारका मुद्दाबारे अनुसन्धान भइरहेको छ कि छैन भनेर प्रश्न गरेका हुन् । ‘भ्रष्टाचारका काण्ड उठेका छन् । गिरिबन्धु कहाँ पुगेको छ ? क्याटोन्मेट कहाँ पुगेको छ ? यति र ओम्नी कहाँ पुग्यो ? थानीले सोधे । यी प्रकरणमा सरकारले छानबिन गर्ने हो कि होइन भनेर उनले प्रश्न गरेका छन् ।

समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधित्व गर्दै गृहमन्त्री रमेश लेखक उपस्थित भएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफलका लागि प्रधानमन्त्री समितिमा आउने कुरा भए पनि अन्तिम समयमा गृहमन्त्रीलाई प्रतिनिधिका रूपमा पठाइएको थियो ।

विधेयकमाथि सैद्धान्तिक छलफलका क्रममा सांसद थानीले भ्रष्टाचार निवारणका लागि सरकारले काम गर्नुपर्ने बताए । मुलुकमा अति हुन नदिनका लागि कदम चाल्नका लागि उनले सुझाव दिए ।

व्यवस्था बदलिएर पनि जनताको अवस्था बदल्न नसकेकाले जनता निराश रहेको कुरा सरकारले ख्याल राख्नुपर्ने थानीको भनाइ थियो । उनले सरकारी कार्यालयमा चिनजानको अधिकारी नभएमा कागज एक टेबुलबाट अर्को टेबुलमा नसर्ने गरेको आफ्नै अनुभव रहेको बताए । सांसदको अवस्था नै त्यस्तो रहेकोमा सर्वसाधारणको अवस्था के होला ? भन्ने उनको जिज्ञासा थियो ।

काँग्रेसकै सांसद सरिता प्रसाईँले भ्रष्टाचार नियन्त्रण नभएको बताएकी छन् । कानुन सबैलाई लाग्नुपर्ने बताउँदै उनले कानुनभन्दा माथि कोही नभएको कुरा हुनुपर्ने बताए ।