२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजनीतिक स्थायित्वले निकुञ्जमा पर्यटक बढे

अ+ अ-

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भित्रिने पर्यटकको संख्यामा वृद्धि भएको छ । निकुञ्जको कार्यालयले दिएको जानकारी अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा ९५ हजार ३५७ पर्यटक निकुञ्ज प्रवेश गरेका छन् । गत आवको यसै अवधिमा ८८ हजार ७२७ पर्यटक निकुञ्ज प्रवेश गरेका थिए ।

निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार आव २०७२/७३ मा वर्षभरिमा ८७ हजार ३९१ जनामात्रै पर्यटक निकुञ्ज प्रवेश गरेका थिए ।

विगत तीनवर्षको तुलनामा यस वर्ष पर्यटकको संख्या वृद्धि भएको अर्यालले बताए । चालू आवको फागुनसम्ममा विदेशी ६५ हजार ८४, सार्क मुलुकका ८९ हजार ७० र नेपाली २१ हजार ३६६ जना निकुञ्ज प्रवेश गरेका छन् । गत आवमा ८७ हजार १९० विदेशी, १५ हजार ८७९ सार्क मुलुकका र ३६ हजार ५६ नेपाली पर्यटक निकुञ्ज प्रवेश गरेका थिए । गत आव भरमा एक लाख ३९ हजार १२५ पर्यटक निकुञ्ज प्रवेश गरेका थिए ।

हालसम्मकै सबैभन्दा बढी आव २०७१/७२ मा एक लाख ७८ हजार पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए । त्यसपछि भूकम्प, नाकाबन्दीलगायतका कारण पर्यटकको संख्यामा कमी आएको थियो ।

अर्यालले अन्तर्राष्ट्रिय जगत्मा नेपालमा भएको शान्ति र राजनीतिक स्थायित्वको सन्देश पुगेकै कारण क्रमशः पर्यटक बढ्दै गएको बताए । विश्वमै दुर्लभ एकसिङ्गे गैँडा, पाटे बाघजस्ता जनावर हेर्न पाउने भएकाले यहाँ पर्यटक आउने गर्दछन् । रासस

प्रतिक्रिया दिनुहोस