२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तथ्य बंग्याएर पीडित बनाए : उपसभामुख तामाङ

अ+ अ-

नुवाकोट । गौहत्या एवं त्यसको मासु प्रकरणबारे प्रदेश नं ३ का उपसभामुख राधिका तामाङले आफूलाई अनावश्यक विवादमा तानेको भन्दै ध्यानाकर्षण गराएकी छन् ।

सोमबार तामाङले एक प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यमले अमर्यादित गतिविधि देखाएको भन्दै त्यसबाट आफू दुःखी भएको उल्लेख गरेकी छन्।

‘नेपाल तामाङ घेदुङले मकवानपुर पदमपोखरीको घटना सम्बन्धमा यही चैत ७ गते गृहमन्त्रीसमक्ष राखेका विषयवस्तु ध्यानाकर्षण पत्रमा स्पष्ट उल्लेख गरिएको र सन्दर्भवश आफू त्यस टोलीमा सहभागी भएपनि केही अनलाइन मिडियाले नियोजितरुपमा नबुझी, पत्रकारिताको सामान्य मूल्यलाई समेत ख्याल नगरी तथ्यलाई बंग्याएर गलत प्रचार गरी बदनाम गरेका हुन्,’उनले भनेका छन् ।

गौहत्या गर्न पाउनुपर्ने एवं त्यसको मासु खान पाउनुपर्ने कानून चाहिने भनेर माग गरिएको भनेर आएको समाचार झुठो एवं निन्दनीय रहेको र आफू त्यसरी प्रस्तुत नहुनेमा जानकारसमेत रहेको उपसभामुख तामाङले स्पष्ट पारेकी छन् ।

‘लडेर मरेको गाईलाई व्यक्तिगत रिसइबीका कारण मारेको आरोप लगाई सोझा गाउँलेसँग पैसा असुल्ने र नाजायज दुःख दिने बिचौलियाबाट मकवानपुरका पीडित न्याय माग्दै भौँतारिइरहेका छन्,’ उनले भनेकी छन् ‘घटनाको वास्तविकता बुझाउने सन्दर्भमा सम्बन्धित निकायसम्म पु¥याएर न्याय प्रदान गर्नु सबैकोे जिम्मेवारी रहेकाले गृहमन्त्रीसमक्ष आफूले त्यस विषयमा ध्यानाकर्षण गराएको हो ।’

‘देशमा ठूलो बलिदानको जगमा धर्मनिरपेक्षतासहितको नयाँ संविधान जारी भएकोमा संविधानको मूल मर्मसँग बाझिएका कानून क्रमशः संशोधन हुँदै जानेछन् । यसमा अनावश्यक बहस र गलत प्रचारको पछि नलाग्न आम जनसमुदायलाई आग्रह गर्दछु,’ भन्दै
उनले सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आमसञ्चारको मूल्य मान्यता एवं साइबर कानूनको ख्याल गर्न पनि अनुरोध गरेकी छन् ।

नुवाकोटको क्षेत्र नं १ प्रदेश ‘क’बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएर प्रदेश नं ३ को उपसभामुखमा निर्वाचित भएकी तामाङ पूर्व कृषि विकास राज्यमन्त्री समेत हुन् । रासस

प्रतिक्रिया दिनुहोस