२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादी घटकलाई एकताको प्रक्रियामा आउन अध्यक्ष दाहालको आग्रह

अ+ अ-

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी आन्दोलनकारी शक्तिलाई  एकताको प्रक्रियामा आउन पुनः आह्वान गरेका छन् । 

“सबै माओवादी एक ठाउँमा केन्द्रित भएर अगाडि जानुको विकल्प छैन, सबैको मर्म एउटै छ, त्यसकारण पनि एक ठाउँमा आउनुको विकल्प छैन”, शहिद प्रतिष्ठान नेपालको १५ औं वार्षिक साधारणसभालाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै उनले भने, “ढिलो नगरी हामी सबै एकताबद्ध होऔं, हामीले सबै मोर्चा जित्न सक्छौ ।”

आफ्नो नेतृत्वको सरकारले ‘जनयुद्ध’ का शहिदलाई राष्ट्रिय शहिदको मान्यता दिएको र जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउने निर्णय गरेको समेत उनले स्मरण गरे । सरकारमा रहँदा जनयुद्धका शहिद, बेपत्ता र घाइतेका पक्षमा दूरगामी निर्णय गरेको उल्लेख गर्दै उनले विगतमा भएका निर्णय कार्यान्वयन गराउन सबैले दबाब दिनु आजको आवश्यकता भएको बताए । 

“हाम्रा हजारौ शहिद नै हाम्रा शक्ति हुन्, उनीहरूको सपना पूरा गराउन लाग्नु आजको हाम्रो प्रमुख कार्यभार हो, हामी एकीकृत र केन्द्रीकृत हुने बित्तिकै हाम्रो शक्ति थप मजबुत हुन्छ, ढिलो नगरी छिट्टै एकताबद्ध भएर ठाउँमा केन्द्रीतकृत होऔं”, अध्यक्ष दाहालले भने।

उनले ठूलो प्रयासपछि संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संघीय संसद्मा पारित भई राष्ट्रपतिबाट स्वीकृतसमेत भइसकेको स्पष्ट पार्दै अब आयोग गठनको प्रक्रिया अगाडि बढेको बताए । आयोगमा उपयुक्त व्यक्ति छनोटका लागि दबाब दिनु आवश्यक रहेको अध्यक्ष दाहालको भनाइ छ ।

विस्तृत शान्ति सम्झौता, विगतमा भएका अन्य सहमति तथा सम्झौताका आधारमा पनि माओवादी एउटा पक्ष भएकाले कोही कसैले पनि बाहेक गर्न नसक्ने उनको कथन छ । संघीय संसद्मा आफ्नो पार्टीको सिट सङ्ख्या कम भएको भनेर हिनाताबोध नगर्न र कमजोर महशुस नगर्न अध्यक्ष दाहालले सबैलाई आग्रह गरे । 

उनले प्रतिष्ठान मातहत हाल देशभर पाँच विद्यालय सञ्चालनमा रहेको र त्यसलाई थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे ।  यस्तै उनले प्रतिष्ठान मातहतमा रहेर कृषि, उद्योग तथा अन्य उत्पादनमूलक काम गर्नेतर्फ पनि आवश्यक पहल गर्न आग्रह गरे । 

माओवादी घटकबीचको साझा संस्थाका रूपमा रहेको प्रतिष्ठानलाई थप विस्तार गरेर जनताको पक्षमा काम गर्ने वातावरण बनाउनुपर्ने अध्यक्ष दाहालको जोड थियो । कार्यक्रममा नेकपाका नेता एवम् वरिष्ठ अधिवक्ता एकराज भण्डारीलगायतले शहिदको सपना साकार पार्न इमान्दार प्रयासको जरुरी रहेको बताए ।  

प्रतिक्रिया दिनुहोस