काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्ने गरी साँझ ६ बजेका लागि बैठक बोलाएको हो ।
आजको बैठकले मन्त्रालयले पठाएका प्रस्तावहरूमाथि छलफल तथा निर्णयसहित केही सहसचिवहरूको सरुवा हुन सक्ने बुझिएको छ । प्रशासन सिंहदरवार विशेष ब्युरोका अनुसार करिब तीन दर्जन जति सहसचिवहरूको सरुवाबारे छलफल भए पनि एकिन भने भई सकेको छैन ।







