२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वर्तमान सरकार मुलुकमा विधिको शासन कायम गर्न प्रतिबद्ध छ : गृहमन्त्री लेखक

अ+ अ-

जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार मुलुकमा विधिको शासन कायम गर्न प्रतिबद्ध रहेको बताएका छन्। 

जिल्ला प्रशासन कार्यालय धनुषाद्वारा आज जनकपुरधाममा आयोजित कार्यालय प्रमुखहरूसँगको बैठकमा गृहमन्त्री लेखकले वर्तमान सरकार मुलुकमा सुशासन कायम गरी भ्रष्टाचार नियन्त्रण तथा आर्थिक क्षेत्रको विकास गर्न तत्पर रहेको बताए । राष्ट्रसेवक कर्मचारीलाई सरकारको यस कार्यमा सहयोग गर्न उनले आग्रह गरे । 

मुलुकमा संघीय तथा प्रदेश सरकार पटक पटक परिवर्तन भइरहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले त्यसबाट जनतामा आक्रोशसमेत बढेकाले दुई मुख्य दल मिलेर एमालेको नेतृत्वमा वर्तमान सरकार गठन भएको प्रष्ट पारे । “यसले जनताका अधिकारलाई सुनिश्चित गर्नेछ”, उनले भने सो अवसरमा उनले कर्मचारीलाई कसैको दबाबमा नपरी काम गर्न सुझाव दिए । 

“राष्ट्रसेवक कर्मचारीले नेपाल सरकारको निर्देशन, संविधान तथा ऐन कानुनको परिधिमा रहेर जनताको कामलाई निष्पक्षरुपमा कार्यसम्पादन गर्नुपर्छ”, गृहमन्त्री लेखकले भने, “कर्मचारीहरू आफू शासक हुँ भन्ने सोचबाट मुक्त हुनुपर्छ, सेवाग्राहीलाई हेपेर तथा दुःख दिएर जागिर खाने काम बन्द गर्नुपर्छ, त्यस्तो कार्य गर्ने कर्मचारीलाई कारवाहीको दायरामा ल्याइन्छ ।”  

बैठकमा धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया तथा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, विभिन्न कार्यालयका प्रमुखलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस