२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिविमा नतिजा प्रकाशन भएको एक वर्षभित्र मार्कसिट सच्याउँदा शुल्क नलाग्ने

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा नतिजा प्रकाशन भएको एक वर्षभित्र मार्कसिट सच्याउँदा शुल्क नलाग्ने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय (पनिका) नतिजा प्रकाशन भएको एक वर्षभित्रमा मार्कसिट सच्याउनुपर्ने भए कुनै पनि शुल्क नलिने जनाएको हो । हालसम्म फरक फरक विषयको लागि फरक फरक शुल्क लिने गरेको थियो ।

साउन ३२ गते पनिकाले बल्खु सुधारसहित आन्दोलनरत विद्यार्थीहरूसँग १० बुँदे सहमति गरेको थियो । उक्त सहमतिमा विद्यार्थीले भरेको परीक्षा आवेदन फाराममा नाम, थर, विषय, रजिस्ट्रेसन नम्बर आदिमा ठिक रहेको तर, परीक्षा नियन्त्रण कार्यालयको अभिलेख (लेजर) मा फरक रहेको देखिएमा शुल्क नलाग्ने व्यवस्था गर्न सम्बन्धित निकायमा पत्राचार गर्ने भनिएको थियो ।

सोही आधारमा पनिकाले नतिजा प्रकाशन भएको एक वर्षभित्रमा मार्कसिट सच्याउँदा कुनै शुल्क नलाग्ने निर्णय गरेको हो । पनिकाले एक सूचना जारी गर्दै त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा अध्ययन गरी तोकिएको तह र वर्षको सबै परीक्षा उत्तीर्ण भई ट्रान्सक्रिप्टका लागि आवेदन दिएका विद्यार्थीलाई तोकिएको ढाँचामा निवेदन दिन अनुरोध गरेको छ ।

विद्यार्थीले पेस गरेको कागजात तथा अभिलेखमा एकरूपता नदेखिएका कारण आफ्नो ट्रान्सक्रिप्ट पाउन नसकेका विद्यार्थीहरूलाई तोकिएको शुल्कको शुल्कको बैंक भौचरसहित गोप्य शाखामा सात दिनभित्र निवेदन दिन अनुरोध गरेको छ ।

सातदिनभित्र निवेदन दिएर हालसम्म पेन्डिङ्गमा रहेका निवेदनहरूको फरफारक गर्न सहजीकरण गर्न सहयोग गर्न पनिकाले सबैमा अनुरोध गरेको हो । त्यसका लागि रजिस्ट्रेसन कार्डको प्रतिलिपि, सक्कल प्रवेश पत्रहरू, सक्कल मार्कसिट, क्याम्पस र सम्बन्धित क्षेत्रीय परीक्षा निर्देशनालयको सिफारिस पत्र पेस गर्न भनेको छ ।

ट्रान्सक्रिप्टका लागि आवेदन दिने विद्यार्थीहरूले आफूले प्राप्त गरेको रजिस्ट्रेसन कार्ड, सक्कल प्रवेश पत्र र प्राप्त गरेको सक्कल मार्कसीटमा एकरूपता छ कि छैन रुजु गरी एकरूपता भएमा मात्र ट्रान्सक्रिप्टका लागि आवेदन फाराम भर्न अनुरोध गरेको छ ।

त्यस्तै रजिस्ट्रेसन कार्ड, सक्कल प्रवेश पत्र र प्राप्त गरेको सक्कल मार्कसीटमा एकरूपता नदेखिएमा आवश्यक कागजातहरू संलग्न गरी अभिलेखमा एकरूपता कायम गर्न गोप्य शाखामा निवेदन दिनुपर्ने समेत पनिकाले जनाएको छ ।

ती निवेदनहरूमा कारबाही भई अभिलेखमा एकरूपता भए पश्चात् मात्र सबै मार्कसीटको प्रतिलिपि संलग्न राखी ट्रान्सक्रिप्टको आवेदन फाराम पेस गर्नुपर्नेछ ।

क्याम्पसबाट दुई वा सो भन्दा बढी विद्यार्थीहरूको एकमुष्ट ट्रान्सक्रिप्ट आवेदन फाराम बुझाउनुपर्ने भएमा सम्बन्धित क्याम्पसको पत्रमा बुझाउन आउने कर्मचारीको परिचयपत्रको प्रतिलिपि समेत संलग्न गरेको हुनुपर्नेछ ।