३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शुक्रबारसम्म मन्त्रिमण्डल पूर्णता पाउने : दाहाल

अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शुक्रबारसम्म मन्त्रिमण्डल पूर्णता पाउने बताएका छन् । किराती राष्ट्रियमुक्ति मोर्चा र नेपाल लोकतान्त्रिक किरात राई संघद्वारा आज यहाँ आयोजित ‘प्रदेश नंं १ का संघीय तथा प्रदेशसभा सदस्यलाई सम्मान तथा बधाई कार्यक्रम’मा उनले भने, ‘बिहीबार वा शुक्रबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउँछ ।’

अध्यक्ष दाहालले मन्त्रिमण्डलले पूर्णता पाएसँगै मुलुक नयाँ दिशामा अगाडि बढ्ने बताउँदै ‘वाम गठबन्धनले सयुक्त रुपमा जारी गरेको घोषणापत्रको आधारमा सरकार काम गर्ने छ,’ भने ।

प्रदेशको नामकरण जनताको भावनाअनुसार राख्नुपर्नेमा जोड दिदैं उनले भने,‘प्रदेशको नामकरण प्रदेश नंं ६ को जस्तै जनताको भावना, एतिहासिकता र भूगोललाई समेटेर राख्नुपर्दछ ।’

अध्यक्ष दाहालले ‘केन्द्रबाट हामीले त्यस्ता नाम राख्नका लागि सहज वातावरण बनाउने छौ, भन्दै संविधानबाट नै प्रदेशको नामकरण गर्ने विषयमा धेरै छलफल चले पनि पछि विवाद आउने भएकाले प्रदेशसभालाई सो जिम्मेवारी दिइएको बताए ।

प्रदेश नंं १ राजनीतिक र आर्थिक आन्दोलनमा नेतृत्व खेलेकाले राष्ट्रले पनि उक्त प्रदेशबाट अग्रगामी भूमिका खेल्ने अपेक्षा राखेको पनि उनले बताए ।

सो अवसरमा पूर्वसभामुख सुवाषचन्द्र नेम्वाङले जनताको भावना अनुसारको प्रदेशको नामाकरण गर्नुपर्ने बताउँदै निर्वाचनमा वाम गठबन्धनले व्यक्त गरेका प्रतिबद्धतालाई अलिकति पनि तलमाथि नहुने गरी काम गर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा प्रदेश नंं १ का संघीय तथा प्रदेशसभा सदस्यलाई सम्मान गरिएको थियो । प्रदेश नंं १ को नाम किरात राख्नुपर्ने माग राख्दै सहभागी केहि सदस्यले माओवादी केन्द्रका अध्यक्ष दाहाल, पूर्व सभामुख नेम्वाङ र मुख्यमन्त्री राईलाई ज्ञापनपत्रसमेत बुझाइएको थियो । रासस

प्रतिक्रिया दिनुहोस