५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महोत्तरीका गाउँका वनमा नीलगाई फेला

अ+ अ-

गौशाला । महोत्तरीको दक्षिण पश्चिमवर्ती आधा दर्जन गाउँमा एकैसाथ १०० भन्दा बढी नीलगाई फेला परेका छन् ।

भारतसँग सीमा जोडिएको महोत्तरीको मनरा, एकडारा, इटहर्वाकट्टी, भोलही, पोखरभिण्डा, सम्सीलगायतका गाउँमा दुर्लभ वन्यजन्तुका रुपमा रहेको नीलगाई १०० भन्दा बढीको संख्यामा देखिएको स्थानीय बासिन्दाले बताएका छन् ।

स्थानीयवासीले यसअघि कहिले नदेखिएको गाईजस्तो तर निलो रंगका ती जनावर एक्कासि गाउँको वनमा आएपछि गाउँले जनावरलाई हेर्न वनमा ओइरो लागेको मनराका रामदिनेश चौधरीले बताए ।

नीलगाईले त्यस क्षेत्रका वनमा लगाइएको तरकारीबालीमा हुलका हुल प्रवेश गरेर सबै तरकारीबाली खाइदिने, उखु र अन्य फलफूल खाइदिने र नष्ट पारिदिने गरेको इटहर्वाका अवधेश कापरले बताए ।

सीमावर्ती क्षेत्रका आधा दर्जन गाउँमा फेला परेका नीलगाई वनका सबै बालीनाली नष्ट गर्नमा लागेका छन् भने ती जनावरलाई धपाउन जाने मानिसलाई देख्नेबित्तिकै भाग्ने गरेका छन् ।

करिव एक सातादेखि त्यस क्षेत्रका मनरा, भोलही, पोखरभिण्डा, एकडारा, इटहर्वाकट्टी, सम्सीलगायतका विभिन्न वनमा ती जनावरको दौडादौड मच्चिएको र छवटै गाउँका वनमा लगाइएको बालीनाली नष्ट पारिरहेको गैँडाभेटपुरका वीरेन्द्र यादवले बताए ।

जिल्लाको माथिल्लो भागमा रहेका वन जंगलमा डढेलो, चोरी शिकारीजस्ता क्रियाकलापले तीव्रता पाएका कारण दुर्लभ वन्यजन्तु नीलगाई महोत्तरीको तल्लो क्षेत्रतिर आएको हुनसक्ने स्थानीयवासीले आशंका गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस