२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाँच्छु भन्ने सोचेकी थिइनँ : सहरिन अहमद

अ+ अ-

काठमाडौं । मेरो नाम सहरिन अहमद । म बंगलादेशकी नागरिक हुँ । म २९ वर्षकी भएँ । नेपाल घुम्ने रहर सानैदेखि थियो । सोमबार १२ः३० बजे म एकजना साथीसँग ढाका विमानस्थलबाट काठमाडौंका लागि उडें । हाम्रो योजना काठमाडौं र पोखरा घुम्ने थियो।

काठमाडौं विमानस्थलमा २ः३० बजेतिर जहाज ल्यान्ड गर्ने तयारीमा थियो । पहिलोपटक ल्यान्ड गर्न नसकेको महसुस गरें । दोस्रोपटकमा ल्यान्ड भयो । ल्यान्ड गर्नुअघि जहाजको पखेटा केही कोल्टे परेको जस्तो महसुस भयो।

दुर्घटनाबारे पाइलटले केही जानकारी दिएका थिएनन् । अचानक सबै कुरा भयो । जहाजमा आगो लाग्यो । धुवाँको मुस्लो भित्र छिर्यो। जहाजभित्र ‘अल्लाहा अल्लाहा’ को आवाज आयो, म होसमै थिएँ । सबैजना आत्तिएका थिए । मेरो सिट जहाजको इन्जिन भएको ठाउँतिर थियो । इन्जिनको अर्को साइडबाट आगो लागेको महसुस भयो।

धुवाँको मुस्लोबाट बच्न मेले अनुहार छोपें । करिब २० मिनेटजति आत्तिएर बसें । अचानक जहाजको केही भाग खुलेको महसुस भयो । ताजा हावा भित्र छिर्यो । त्यसपछि जीवन जोगिएको जस्तो लाग्यो । उद्धारकर्मीले हात समातेर ओराले । ओर्लने क्रममा मैले केही शरीरलाई नाघ्नुपर्यो । कसैको हात चलिरहको थियो । कोही सानो स्वरमा बोल्दै थिएँ। म रोइरहें।

म अहिले अस्पतालमा उपचार गराइरहेकी छु । दाहिने खुट्टामा हल्का पोलेको छ । हातमा केही घाउ छ । मन आत्तिएको छ । घरमा आमा र भाइ हुनुहुन्छ । भाइसँग टेलिफोनमा कुरा गरें । आमाको याद आइरहेको छ । यात्रा सफल भएको भए शुक्रबार घर फर्कने योजना थियो । मेरो साथीको अवस्था थाहा छैन । आजको नागरिक दैनिकमा खबर छ ।

0 Comments