काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा युएस बंगला एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ । विमानमा चालक दलका सदस्यसहित ७१ जना रहेको खुलेको छ ।
विमानमा रहेका १४ जनाको उद्धार गरिएको छ । दुर्घटनाग्रस्त विमानमा आगो लागेको र उद्दार कार्य जारी रहेको जनाइएको छ ।
अवतरणका क्रममा चिप्लेर बिमान दुर्घटनामा परेको विमानस्थल प्रवक्ता प्रेमनाथ ठाकुरेले बताए ।