३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बीस वर्ष पुराना सवारी साधन जफत गरिने

अ+ अ-

काठमाडौं । सरकारले आगामी चैत १ गतेदेखि देशभरबाट २० वर्ष नाघेका सार्वजनिक सवारी हटाउन गरेको निर्णय यातायात व्यवसायीले नमान्ने भएका छन् ।

यातायात व्यवसायीको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले ‘जनताको सेवा रोक’ भन्न नसकिने जनाएको छ । कुरा गर्दै महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले फलामको आयु तोक्ने सरकारको निर्णय गलत भएको बताए । ‘सरकारले सरोकार भएका निकायसँग छलफल नै नगरी एकतर्फी रुपमा यो निर्णय गरेकाले जनताको सेवा रोकिँदैन, चैत १ गतेपछि पनि २० वर्ष पुराना सवारी सडकमा गुड्छन्’, उनले भने ।

यातायात व्यवस्था विभागले भने २० वर्ष नाघेका सार्वजनिक यातायात चैत १ गतेपछि पनि गुडेमा जफत गरी लिलाम गर्ने तयारी गरेको छ । यही फागुन मसान्तसम्म २० वर्ष पुराना सार्वजनिक सवारीको ‘इञ्जिन नम्बर’ र ‘चेसिस नम्बर’ विभागमा बुझाउन सवारीधनीलाई अनुरोध गरिएको महानिर्देशक रुपनारायण भट्टराईले बताउनुभयो । दुवै नम्बर बुझाउनेले कवाडीमा सवारीका पार्टपूर्जा बेच्न सक्नेछन् । ‘चैत १ गतेदेखि २० वर्ष पुराना सवारी सडकमा गुडे जफत गरी सरकारले ‘रुट इजाजत’ दिँदैन, निर्णय कार्यान्वयन गर्न चैत १ गतेदेखि विभाग सडकमा उत्रन्छ’, उनले भने ।

देशभर गुडिरहेका २० वर्ष पुराना सवारी साधनका कारण वायु प्रदूषण र सवारी दुर्घटनासमेत बढ्न थालेपछि चैतदेखि हटाउने निर्णय गरिएको हो । विभागले सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ संशोधन गरी चैतदेखि देशभरबाट २० वर्ष पुराना सवारी साधन हटाउन लागेको छ । विभागले गत वर्ष फागुनदेखि उपत्यकाबाट २० वर्ष पुराना सवारी साधन हटाएको थियो ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी सर्वोच्च महासंघका अध्यक्ष विष्णु शिवाकोटी सवारीको प्रदूषण जाँचपास राम्रोसँग भए २० वर्ष पुरानालाई हटाउनु नपर्ने बताए । ‘प्रदूषण जाँचपास गर्नेलाई रु २००–३०० सम्म घुस खुवाए हरियो स्टिकर पाइन्छ, सवारीको जाँच नै गर्दैनन्, जाँच पास गर्न घुस खुवाउन तयार हुनेले सवारी नलिई गए पनि हरियो स्टिकर लिएर फर्कन सक्छ, प्रदूषण बढ्नुको कारण यो हो, समस्या समाधानका लागि अनुगमन हुनु जरुरी छ’, उनले भने ।

उपत्यका बाहिर जाने सवारीको अवस्था जाँच गरेर मात्र जान पाउने व्यवस्था गरिए दुर्घटना पनि कम हुने सर्वोच्च महासंघको भनाइ छ । यी दुवै व्यवस्था सही ढंगले कार्यान्वयन गरिए २० वर्ष पुराना सवारी हटाउनै नपर्ने अध्यक्ष शिवाकोटीको जिकिर छ ।

उपत्यकाबाट २० वर्ष पुराना सवारी साधन हटाउन गरिएको निर्णय पूर्णरुपमा कार्यान्वयन नहुँदा प्रदूषण बढेको यातायात क्षेत्रको विकृतिका विरुद्धमा अभियान सञ्चालन गरिरहनुभएका भक्तपुरका रामबहादुर थापाले सुनाए । मन्त्रिपरिषद्ले वि.सं. २०७१ भदौ २६ गते दुई वर्षभित्र २० वर्ष पुराना सवारी साधन गुड्न नदिने निर्णय गरेको थियो । यातायात व्यवसायीले निर्णयको विरोध गरेपछि राजपत्रमा सूचना प्रकाशन गर्न ढिलाइ भयो । वि।सं। २०७१ फागुन १८ गते मात्र २० वर्ष पुराना सवारी विस्थापनसम्बन्धी सूचना राजपत्रमा प्रकाशन भएको थियो ।

अहिले पनि व्यवसायीलाई दुई दशक पुराना सवारी साधन हटाउँदा अर्को सवारी साधन ल्याउन पाउने निर्णय गरेर यातायातमा निश्चित व्यक्तिको एकाधिकार (सिण्डिकेट) कायम गर्न खोजेको अभियानकर्मी थापाको भनाइ छ । गत वर्ष उपत्यकाबाट नहटेका २० वर्ष पुराना सवारी पनि फागुन मसान्तसम्म हटाइनुपर्ने विभागले जनाएको छ । विभागका पहिलेका १४ अञ्चल कार्यालयमध्ये आजसम्म वाग्मती र महाकालीमा मात्र थोरै २० वर्ष पुराना सवारीको ‘इञ्जिन नं’ र ‘चेसिस नं’ बुझाइएको छ । यातायात व्यवस्था कार्यालय वाग्मतीमा ३५ र महाकालीमा १०० सवारीको ‘इञ्जिन नं’ र ‘चेसिस नं’ प्राप्त भएको महानिर्देशक भट्टराईले जानकारी दिए ।

विभागले दुई दशक पुराना ट्याक्सी र विद्युतीय सवारी साधन भने गुड्न दिइने जनाएको छ । विद्युतीय टेम्पो हाल उपत्यकामा ६०० र उपत्यका बाहिर २०० छन् । ब्याट्रीबाट चल्ने सवारी साधन भने ३० वर्षसम्म चल्न सक्ने निर्णय मन्त्रिपरिषद्ले गरी गत असोजमै नेपाल राजपत्रमा सूचना प्रकाशन भइसकेको महानिर्देशक भट्टराईले बताए । हाल देशभर पाँच हजार ५०० वटा २० वर्ष पुराना सवारी साधन गुडिरहेको तथ्यांक विभागसँग छ ।

प्रतिक्रिया दिनुहोस