काठमाडौं । बोक्सीको आरोपमा किशोरी कुटपिट भएको घटनामा जाहेरी दर्ता गर्न नमान्ने प्रहरी अधिकारी निलम्बित भएका छन् । इलाका प्रहरी कार्यालय सुख्खड कैलालीका निमित्त प्रमुख सइ दिनेश विष्ट निलम्बनमा परेका हुन् ।
छानविनको क्रममा विष्टलार्इ निलम्बन गरिएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी मनोज न्यौपानेले जानकारी दिए । विष्टसँग जिल्ला प्रहरी कार्यालय कैलालीले यस विषयमा छानविन गरिरहेको जनाएको छ ।
घोडाघोडी नगरपालिका –५ देउकलियाकी १८ वर्षीया राधा चौधरीलार्इ गत बिहीबार बोक्सीको आरोपमा ६ घण्टासम्म मरणासन्न हुने गरी कुटपिट भएको घटनाको जाहेरी दर्ता गर्न नमानेको आरोपमा उनलाई निलम्वन गरिएको छ ।