२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आज विश्वासको मत लिने तयारीमा सरकार

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको वाम गठबन्धन सरकारको पक्षमा दुईतिहाइ समर्थन देखिएको छ । सरकारले आइतबार विश्वासको मत लिने तयारी गरिरहेका वेला ओली नेतृत्वको सरकारको पक्षमा प्रतिनिधिसभाका २ सय ७५ सांसदमध्ये कम्तीमा १ सय ९४ सांसदको समर्थन देखिएको हो ।

दुईतिहाइका लागि १ सय ८२ मत आवश्यक पर्छ । तर, संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको अहिलेसम्मको निर्णयका आधारमा ओली सरकारको पक्षमा दुईतिहाइभन्दा १२ मत बढी देखिएको छ । राजनीतिक स्थिरतासँगै भ्रष्टाचार नियन्त्रण, सुशासन र समृद्धिका पक्षमा सरकारलाई अहिलेसम्म दुईतिहाइभन्दा बढी सांसदले समर्थन जनाइसकेको एमाले उपमहासचिव विष्णु पौडेलले बताए । ‘कांग्रेसबाहेकका दल सरकारलाई विश्वासको मत दिन सकारात्मक छन्’, पौडेलले भने, ‘केही दलले निर्णय नै गरेर समर्थन जनाइसकेका छन् ।’

प्रधानमन्त्री ओलीलाई अहिलेसम्म एमालेका १ सय २१, माओवादी केन्द्रका ५३ र राजपाका १७ सांसदको समर्थन रहने देखिन्छ । राजपा अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले राजपाले सरकारलाई समर्थन गर्ने निर्णय गरिसकेको जानकारी दिए । ‘हामी प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई समर्थन गर्छौं,’ यादवले भने । राजपाले यसअघि नै राष्ट्रपतिमा विद्या भण्डारीलाई समर्थन गर्ने निर्णय गरिसकेको छ ।

त्यस्तै, स्वतन्त्र सांसदको हैसियतमा रहेका राजेन्द्र लिङ्देन, राजमोकी दुर्गा पौडेल र हुम्लाबाट निर्वाचित स्वतन्त्र सांसद छक्कबहादुर लामा पनि सरकारका पक्षमा मतदान गर्ने तयारीमा छन् । राप्रपा प्रवक्ता भुवन पाठकले राष्ट्रियता र प्रजातन्त्रको संवद्र्धन तथा राजनीतिक स्थिरता, सुशासन, भ्रष्टाचारमुक्त प्रशासन एवं आर्थिक समृद्धिको अपेक्षा गर्दै प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने निर्णय गरेको विज्ञप्तिमार्फत जनाएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments