२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कंगोबाट फिर्ता फौज सुडानमा

अ+ अ-

काठमाडौं । संयुक्त राष्ट्रसंघले बजेट कटौती गरेको भन्दै तीन महिना नबित्दै अफ्रिकी मुलुक कंगोबाट फर्काइएका १ सय ५० जना शान्ति सेनालाई नेपाली सेनाले शान्ति स्थापनार्थ दक्षिणी सुडान पठाउने पक्रिया सुरु गरेको छ।

एक वर्षका लागि गत असार अन्तिम साता अफ्रिकी मुलुक कंगो गएकामध्ये १ सय ५० जनालाई तीन महिना नबित्दै राष्ट्रसंघले असोज २३ गते नेपाल फर्काएको थियो। सेनाले राष्ट्रसंघले बजेट कटौती गरेपछि फौज फिर्ता भएको दाबी गरे पनि फर्किएर आएकाले भने राष्ट्रसंघसँग उचित समन्वयको अभावमा फिर्ता हुनुपरेको गुनासो गरेका थिए। त्यसबेला सेनाले फर्किएकाहरूलाई छिट्टै अर्को मिसनमा पठाउने आश्वासन दिएको थियो।

सोहीबमोजिम सैनिक नेतृत्वले कंगोबाट फर्किएकालाई पहिलो प्राथामिकता दिएर दक्षिणी सुडानमा पठाउन लागेको हो। सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले कंगोबाट फर्किएको फौजलाई दक्षिणी सुडान पठाउन लागिएको बताए। कंगोबाट फर्काइएका १ सय ५० जनालाई मुख्यालयले सकेसम्म छिटो सुडान, कार, लेबनान वा मालीलगायत मिसनमा पठाउने आश्वासन दिएको थियो।

दक्षिणी सुडानमा कार्यरत फौजको एक वर्षको अवधि सकिएकाले प्रमुख सेनानी सुधीर केसीको नेतृत्वमा ७ सयको फौज त्यहाँ जाँदै छ। कंगोबाट फर्किएका एक सय ५० जनालाई पनि सेनाले सोही टोलीमा राखेको हो। पहिलो लटमा बिहीबार राति २ सय ३३ जनाको टोली दक्षिणी सुडान गएको छ। गत असोजमा शान्ति स्थापनार्थ अफ्रिकी मुलुक कंगोमा खटिएकामध्ये फर्काइएका एक सय ५० जनालाई समेत सम्मिलित गरेर कुल ७ सय सैनिक दक्षिणी सुडान जानेछन्।

एक वर्षका लागि असार अन्तिम साता शान्ति सैनिकका रूपमा कंगो गए पनि प्राविधिक कारण देखाउँदै उनीहरूलाई झन्डै १० महिनाअघि गत असोजमै फर्काइएको थियो। कंगोमा अहिले सात सय नेपाली शान्ति सेना कार्यरत छन्। सैनिक मुख्यालयले कंगोबाट फर्किएकालाई समेत पुनः तालिम दिएको थियो। राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत प्रमुख सेनानी गौतमको नेतृत्वमा आठ सय ५० जना सैनिक अधिकारी असार अन्तिम साता कंगो गएका थिए। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments