२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस्तो रह्यो संसद्को पहिलो बैठक

अ+ अ-

काठमाडौं । संघीय संसद्का दुवै सदनको मंगलबारको बैठकलाई दलका प्रतिनिधिले सम्बोधन गर्दै छन् । प्रतिनिधिसभाको बैठकमा एमाले नेता माधवकुमार नेपाल, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्नेछन् । राष्ट्रिय जनता पार्टी नेपालबाट सम्बोधन गर्ने नेताको टुंगो बिहानसम्म लाग्नेछ ।

संघीय संसद्को राष्ट्रिय सभामा सहभागी पाँचवटै दलका प्रतिनिधिले सम्बोधन गर्नेछन् । तर, राष्ट्रिय सभाको बैठकमा कुन दलबाट कुन सांसदले सम्बोधन गर्ने भन्ने टुंगो लागिसकेको छैन । आज बैठक बस्नुअघि टुंगो लाग्ने संघीय संसद् सचिवालयले जनाएको छ ।

एमाले सांसद भानुभक्त ढकालले प्रतिनिधिसभाको बैठकलाई नेता नेपालले सम्बोधन गर्ने बताए । माओवादी सांसद गिरिराजमणि पोखरेलले आफ्नो पार्टीबाट अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने पुष्टि गरे । कांग्रेसका एक नेताका अनुसार सोमबार संसदीय दलको नेता चयन भएकाले सभापति देउवाले नै सम्बोधन गर्नेछन् । फोरम नेता डा। शिवजी यादवले प्रतिनिधिसभाको आजको बैठकलाई पार्टी अध्यक्ष यादवले सम्बोधन गर्ने बताए । राजपाबाट भने अध्यक्षमण्डलका संयोजक संसद्को ज्येष्ठ सदस्य भएकाले कसले सम्बोधन गर्ने भन्नेबारे निश्चित नभएको सांसद लक्ष्मणलाल कर्णले बताए । संसद् बैठकअघि सम्बोधन गर्ने नेताको नाम टुंगो लाग्ने उनले बताए । स्वतन्त्र सांसदहरूले पनि बैठकमा सम्बोधन गर्नेछन् । तर, सबै स्वतन्त्र सांसदलाई सम्बोधन गर्न दिनेरनदिने भन्नेबारे मंगलबार नै निर्णय गरिने संसद् सचिवालयले जनाएको छ ।

संघीय संसद्को पहिलो अधिवेशन सोमबारबाट सुरु भइसकेको छ । संविधानको धारा ९३ अनुसार प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र राष्ट्रपतिले अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ । पहिलो बैठकमै दलका प्रतिनिधिले सम्बोधन गर्ने कार्यसूची राख्न लागिएको थियो । तर, बैठक ढिला राखिएको र त्यसअघि कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया रहेकाले सम्बोधन कार्यक्रम आजका लागि राखिएको सचिवालयका प्रवक्ता डा। भरतराज गौतमले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments