२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बढ्दैछन् विदेशी कामदार

अ+ अ-

काठमाडौं । पछिल्लो समय ‘रेमिटेन्स’ र ‘वैदेशिक रोजगार’ नेपालको पहिचान बनेको छ । नबनोस् पनि किन ? दैनिक डेढ हजार नेपाली वैदेशिक रोजगारको सिलसिलामा मलेसिया तथा खाडी राष्ट्र पुग्छन्।

उनीहरूले पठाएको पैसा (रेमिटेन्स) ले नै देश चलेको छ । तर धेरैले थाहा छैन, जसरी नेपाली रोजगारको सिलसिलामा बिदेसिन्छन्, त्यसरी नै केही विदेशीलाई नेपालले पनि आकर्षित गर्ने गरेको छ ।

सुन्दा आश्चर्य लाग्न सक्छ, रोजगारका लागि नेपालीहरु धमाधम बिदेसिरहेका बेला रोजगार खोज्दै नेपाल आउने विदेशीको संख्या पनि बढ्दो छ । श्रम स्वीकृति लिएर नेपाल आउने विदेशीको संख्या यो वर्ष ह्वात्तै बृद्धि भएको ।

‘श्रम स्वीकृति लिएर नेपालमा काम गर्ने विदेशीको संख्या बढ्दो छ,’ श्रम विभागका निर्देशक वरुणकुमार झाले नागरिकसँग भने, ‘बिनाश्रम स्वीकृति अवैध तरिकाले कोही विदेशीले पनि यहाँ काम नगरून् भनेर सबैलाई श्रम कानुनको दायरामा ल्याउने प्रयासमा हामी छौं।’

श्रम विभागको तथ्यांकअनुसार २०७४ वैशाख १ गतेदेखि माघ मसान्तसम्म २ हजार ३ सय ७० विदेशीले श्रम स्वीकृति लिएका छन् । यो संख्या नेपालमा काम गर्ने भारतीयबाहेकको हो । थोरै अवधिमा यति धेरै विदेशीले नेपालमा काम गर्न श्रम स्वीकृति लिएको यो पहिलोपटक हो । मासिक २० हजार रुपैयाँ कमाउन नेपाली युवा मलेसिया तथा खाडी राष्ट्रमा भौंतारिरहँदा नेपालमा काम गर्ने विदेशीले भने मासिक ४० हजार रुपैयाँदेखि ४० लाख रुपैयाँसम्म पारिश्रमिक बुझ्ने गर्छन् ।

नेपालमा सबैभन्दा कम तलब बुझ्ने विदेशी कामदारमा जलविद्युत् परियोजनामा काम गर्ने चिनियाँ नागरिक छन् । उनीहरुको न्यूनतम मासिक पारिश्रमिक ४० हजार रुपैयाँ छ । बढी पारिश्रमिक बुझ्ने विदेशीमा अमेरिकी तथा युरोपेली छन् । अमेरिकी तथा युरोपेली सहयोगमा नेपालमा सञ्चालित संस्थामा काम गर्ने ती मुलुकका नागरिकले मासिक ४० लाख रुपैयाँसम्म पारिश्रमिक बुझ्ने गर्छन् ।

विभागले विदेशीलाई एकपटकमा एक वर्ष समयअवधि राखी श्रम स्वीकृति दिने गरेको छ । २०७४ वैशाखदेखि माघसम्म श्रम स्वीकृति लिने विदेशीमध्ये १ हजार ६ सय २० ले नयाँ श्रम स्वीकृति लिएका हुन् भने ७ सय ५६ ले श्रम स्वीकृति नवीकरण गरेका हुन् । सबैभन्दा बढी असारमा चार सय ४२ जना विदेशीले श्रम स्वीकृति लिएका थिए । ‘श्रम स्वीकृति नलिई दुईचार महिना काम गरेर भाग्ने विदेशीलाई नियन्त्रण गर्न सकिएको छैन,’ निर्देशक झाले भने।

नेपालमा श्रम स्वीकृति लिई काम गर्न आउने विदेशीको संख्या बर्सेनि बढ्दो क्रममा छ । विभागको तथ्यांकअनुसार २०७३ सालमा १ हजार ३ सय ९८ जना विदेशीले श्रम स्वीकृति लिएका थिए भने २०७२ सालमा यो संख्या १ हजार २ सय ११ थियो । २०७१ सालमा १ हजार ८ सय ९५ जना विदेशी श्रम स्वीकृति लिई काम गर्न नेपाल आएका थिए । यस्तै, २०७० सालमा एक हजार ३१ जनाले र २०६९ सालमा ६ सय ९१ विदेशीले नेपालमा काम गर्न विभागबाट श्रम स्वीकृति लिएको देखिन्छ । नेपालमा सबैभन्दा बढी श्रम स्वीकृति लिएर काम गर्ने विदेशीमा चिनियाँ छन् । त्यसपछि युरोपेली र अमेरिकी छन् । आजको नागरिक दैनिकमा खबर छ ।

0 Comments