काठमाडौं । काठमाडौं प्रहरी परिसरले काठमाडौंको विभिन्न स्थानबाट २१ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित ५ जनालाई पक्राउ गरेको छ ।
नक्कली नोटको कारोवारमा संलग्न भएको आरोपमा प्रहरीले ललितपुरको गोदावरी–४ घर भइ हाल ताल्सीखेलमा एमएस वर्कसप सञ्चालन गर्दै आएका ३० वर्षीय मनोज केसी, ललितपुर–१४, ताल्सीखेलका २३ वर्षीय आशिष माझी, नेमा तामाङ, धनुषा घर भइ ललितपुरको नख्खिपोट बस्दै आएका २५ वर्षीय धिरजबहादुर श्रीनेत ठकुरी, भोजपुरको खावा–९ घर भइ हाल नख्खीपाट बस्दै आएका २५ वर्षीय निगम राई र सोलुखुम्बु तिम्ला–८ घर भइ काठमाडौंको कपन बस्दै आएका ३१ वर्षीय भेषकुमार थापालाई पक्राउ गरेको छ ।
उनीहरुको साथबाट ३८ वटा ५ सय रुपैयाँको र दुई वटा हजार रुपैयाँका नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ । गिरोहको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।