२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्यकर्मीको लापरबाही : गर्भवतीलाई जुकाको औषधि

अ+ अ-

म्याग्दी । जिल्ला अस्पतालले बेनी ५ फुर्केसल्लाकी २० वर्षीया समीक्षा कुँवरलाई आइरन चक्की भन्दै ४ सय एमजीको अल्बिन्डाजोल दिएको भेटिएको छ । अल्बिन्डाजोल जुकाको औषधि हो ।

गर्भवती जाँच कक्षमा कार्यरत पब्लिक हेल्थ नर्स राधिका शर्मा आचार्यले दिएको उक्त औषधिका ७० वटा ट्याब्लेट गर्भवतीले दैनिक सेवन गरेकी थिइन् । दोस्रोपटक गर्भ परीक्षण गराउन जाँदा मात्र गर्भवतीले आइरन चक्कीको सट्टा जुकाको औषधि सेवन गरेको खुलेको हो ।

‘गलत औषधि परेको उजुरी परेपछि पोखरा पुर्‍याएर भिडियो एक्सरे गर्‍यौं, रिपोर्टमा अहिले आमा र गर्भको अवस्था राम्रो देखिएको छ,’ अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। रोशन न्यौपानेले भने, ‘औषधिको प्रभावको बारेमा हामीभन्दा माथिल्लो तहको विज्ञ टिम आवश्यक परेकाले क्षेत्रीय स्वास्थ्य कार्यालयमा सहयोग माग्दैछौं ।’

अस्पतालले आरोपी नर्सलाई विभागीय कारबाही गरी गर्भवतीलाई सुत्केरी नहुँदासम्म चिकित्सकको निगरानीमा राख्ने, जिल्लामा सुत्केरी हुन नसक्ने अवस्था भए पोखरा पुर्‍याउने र जन्मेपछि बच्चाको नियमित अनुगमन गर्ने लिखित प्रतिबद्धता जनाएको छ । गर्भवतीका आफन्तले अहिले आमा र गर्भको अवस्था सामान्य देखिए पनि जन्मेपछि बच्चालाई हुन सक्ने अपांगताको जोखिमलाई लिएर चिन्तित रहेको बताएका छन् ।

‘जुकाको हाइडोज औषधि लामो समयसम्म सेवन गरेकाले हामीलाई बच्चाको भविष्यको चिन्ता छ,’ पीडित समीक्षाले भनिन्, ‘औषधि कुन हो भन्ने जानकारी मलाई भएन । नर्सले यही औषधि नियमित खानु भन्नु भएकोले ७० दिन लगातार खाएँ ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।

0 Comments