२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीका सारथि

अ+ अ-

काठमाडौं । सुशासन, स्थायित्व र विकासको नारासहित सरकारको नेतृत्व सम्हालेका प्रधानमन्त्री केपी ओलीले सोमबार आफ्ना चार ‘सारथि’ नियुक्त गरेका छन्। ओलीले एमालेका दुई र माओवादीका दुई नेतालाई मन्त्री नियुक्त गरी सरकार विस्तार गरेका हुन्।

ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँगको सहमतिमा रामबहादुर थापालाई गृह, डा. युवराज खतिवडालाई अर्थ, एमाले महासचिव ईश्वर पोखरेललाई रक्षा र माओवादी सचिवालय सदस्य मातृका यादवलाई उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बनाएका हुन्।

अर्थमा एमालेभित्रै पोखरेल, प्रदीप ज्ञवाली, विष्णु पौडेल र सुरेन्द्र पाण्डेसम्म आकांक्षी थिए। यी सबै ‘भेट्रान’ नेतालाई पाखा लगाउँदै डा।खतिवडाले अर्थमन्त्रीको जिम्मेवारी पाएका हुन्। नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. खतिवडा राजनीतिमा भने परिचित अनुहार होइनन्। अर्थतन्त्र बुझेका डा. खतिवडा अर्थमन्त्री भएपछि अर्थतन्त्र सकारात्मक दिशामा जाने विश्वास लिइएको छ।

डा. खतिवडाले २०३८ र २०४१ मा त्रिभुवन विश्वविद्यालयबाट क्रमशः अर्थशास्त्र र लोक प्रशासनमा मास्टर डिग्री गरेका छन्। वि.सं. २०४८ मा दिल्ली स्कूल अफ इकोनोमिक्सबाट मौद्रिक अर्थशास्त्रमा विद्यावारिधि गरेका खतिवडालाई मौद्रिक ज्ञाताको रुपमा लिने गरिएको छ। उनी २०६६ चैत ९ गतेदेखि २०७१ चैत ५ गतेसम्म राष्ट्र बैंकको १५ औं गर्भनर भएर कार्यभार सम्हालेका थिए।

राष्ट्र बैंकबाट अवकाश भएपछि केही समयमै फेरि योजना आयोगको उपाध्यक्ष नियुक्त भएका थिए। योजना आयोगमा उनी राष्ट्र बैंकको कार्यकारी निर्देशक छँदै २०५८ मा सदस्यका रुपमा नियुक्त भएका थिए। राष्ट्र बैंकका क्याडर रहेका खतिवडा लामो समयसम्म अनुसन्धान विभागको प्रमुख भएर रहेका छन्।

त्यस्तै, गृहमा माओवादी नेता पूर्वगृहमन्त्री जनार्दन शर्मा र नेता वर्षमान पुनसम्मले दाबी प्रस्तुत गरे पनि अन्ततः थापाले बाजी मारेका छन्। एमाले महासचिव पोखरेलले रक्षामा चित्त बुझाएका छन्। बाबुराम भट्टराईको सरकारमा उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालेका पोखरेल अहिले मन्त्रीमै चित्त बुझाउन बाध्य भएका हुन्। उपप्रधानमन्त्री भइसकेर पनि मन्त्रीमै सीमित हुने नेता भने उनी मात्रै होइनन्।

त्यस्तै, ०६५ सालमा भूमिसुधारमन्त्री हुँदा एलडीओलाई शौचालयमा थुनेर चर्चामा रहेका माओवादी नेता यादवले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाएका छन्। यादवले रोजेकै मन्त्रालयको जिम्मा दिएर माओवादीले उनलाई सरकारमा पठाएको छ।

अर्थ र गृहमा पठाउने मन्त्रीको नाममा पार्टीभित्रै चर्को ‘प्रेसर’ मा ओली-दाहाल परेका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको थियो। अझै प्रधानमन्त्री ओलीले ११ जना मन्त्री नियुक्त गर्न बाँकी छ। प्रधानमन्त्रीले सोमबारै मन्त्रिपरिषद्लाई पूर्णता दिने गरी तयारी गरे पनि संघीय फोरमसमेतलाई सरकारमा ल्याउने प्रयासमा सफलता नमिलेपछि एमाले-माओवादीका दुई–दुई जना मन्त्रीलाई मात्र नियुक्त गरेका हुन्। थप मन्त्री चयन र संघीय समाजवादीसँगको छलफल निष्कर्षमा नपुगेका कारण सोमबार मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताए।

‘संघीय समाजवादीलाई पनि सरकारमा सहभागी हुन प्रधानमन्त्रीले प्रस्ताव गर्नुभएको र फोरम स्वयंले पनि सहभागी हुने संकेत देखाएकाले त्यसको छलफल नटुंगिएका कारण मन्त्रिमण्डलले पूर्णता नपाएको हो’, अधिकारीले भने। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments