२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नर्भिकका डाक्टरको चरम लापरबाही : देब्रे गोडामा समस्या, दाहिनेको अप्रेसन

अ+ अ-

चितवन । चितवन भरतपुरकी विन्दु पौडेल दाहिने गोडामा दुखाइ बढेपछि स्थानीय अस्पताल पुगिन् । चिकित्सकले एमआरआई गरे । घुँडाको लिगामेन्ट च्यातिएको रिपोर्ट आयो । तर, थप उपचारका लागि त्यहाँका डाक्टरले काठमाडौं रिफर गरिदिए ।

चितवनका चिकित्सकले भनेअनुसार उनी परिवारका सदस्यसहित थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पताल पुगिन् । चितवनकै एमआरआई रिपोर्ट हेरेका नर्भिकका चिकित्सकले अप्रेसन गर्नुपर्ने बताए । विन्दु अप्रेसनका लागि शुक्रबारै भर्ना भइन् ।

अर्थोपेडिक डा. प्रवीण नेपाल र डा. शैलेज रञ्जितकारको टोलीले अप्रेसन गर्ने तय भयो । बिरामीका आफन्त बाहिर बसे, डाक्टरद्वयले भित्र अप्रेसन थाले । केही घन्टापछि आफन्तलाई खबर आयो, अप्रेसन सफलतापूर्वक सकियो । थिएटरबाहिरको वातावरण उज्यालो बन्यो । तर, बिरामीलाई तत्काल भेट्न दिइएन ।

जब विन्दुलाई भेट्न आफन्तले अनुमति पाए, तब खुसीको पाइला लम्काए । तर, देब्रे गोडाको अप्रेसन गर्न ल्याएको बिरामीको दाहिने गोडा चिरेको देखेपछि आफन्त छाँगाबाट खसेझैँ भए ।

बिरामीका परिवारले तत्काल अस्पताल प्रशासनमा आपत्ति जनाए । तर, पीडितका कुरा प्रशासनले सुन्न चाहेन । ‘गलत अप्रेसन भएको जानकारी गराउँदा प्रशासनले स्विकारेन,’ विन्दुका श्रीमान् किशोर पौडेलले भने, ‘अप्रेसन गर्ने डा. नेपालले पनि गल्ती नभएको बताए ।’

पीडित र अस्पताल प्रशासनबीच लामै विवाद चल्यो । ‘अन्ततः डा. नेपालले गल्ती स्विकारे, प्रशासन पनि गल्यो,’ किशोरले भने । नर्भिकले गल्ती स्विकार्दै पीडित पक्षसँग लिखित रूपमै विभिन्न सहमति गरेको छ । डा. नेपालले गल्ती स्विकार्दै भनेका छन्, ‘अप्रेसनका वेला भ्रममा परेछु, देब्रे सोचेर अप्रेसन गरेको दाहिने पर्न गएछ, पछि मात्रै थाहा पाएँ ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments