२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नाम कर्णाली, राजधानी वीरेन्द्रनगर

अ+ अ-

सुर्खेत । प्रदेश ६ को शनिबार बसेको संसद् बैठकले प्रदेशको नाम र स्थायी राजधानी तोकेको छ। प्रदेशसभाको शनिबार बसेको चौथो बैठकले नाम कर्णाली प्रदेश र स्थायी राजधानी सुर्खेतको वीरेन्द्रनगरलाई बनाउने निर्णय गरेको हो।

बैठकले प्रदेशको नाम कर्णाली राख्ने प्रस्ताव सर्वसम्मतिले र प्रदेश राजधानी वीरेन्द्रनगर बनाउने प्रस्ताव दुईतिहाइभन्दा बढी मतले पारित गरेको हो। एमाले संसदीय दलका नेता यामलाल कँडेलले संसद्मा ‘प्रदेशको नाम कर्णाली राखियोस्’ भन्ने प्रस्ताव पेस गरेका थिए। उक्त प्रस्ताव सर्वसम्मत पारित भयो। नामकरण प्रस्ताव मत विभाजनबाट पारित गरिएको हो।

प्रदेशसभाका ३९ जना सांसद (सभामुखबाहेक) मध्ये पक्षमा ३७ र विपक्षमा शून्य मत खसेको थियो। राजीनामा दिएका एमाले सांसद चन्द्रबहादुर शाही र बिरामी कांग्रेस सांसद झुवा विक बैठकमा उपस्थित थिएनन्। उपस्थित सबै सांसदले पक्षमा मतदान गरेपछि सभामुख राजबहादुर शाहीले प्रदेशको नाम कर्णाली राख्ने प्रस्ताव सर्वसम्मत पारित भएको घोषणा गरेका थिए।

प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरलाई बनाउनुपर्ने प्रस्ताव पेस गरेका थिए। उक्त प्रस्ताव दुईतिहाइभन्दा बढी मतबाट पारित भएसँगै कर्णाली प्रदेशको स्थायी राजधानी सुर्खेतको वीरेन्द्रनगर भएको हो। वीरेन्द्रनगर प्रदेश राजधानी बनाउने प्रस्तावका पक्षमा ३६ मत र विपक्षमा एक मात्र मत खसेको थियो।

राजधानीको प्रस्ताव पेस गर्दै सांसद शाहीले यो प्रदेशको राजधानीका लागि वीरेन्द्रनगरको विकल्प नभएको धारणा व्यक्त गरे। प्रस्तावमाथि एमाले सांसद गुलावजंग शाह र माओवादी सांसद गणेशप्रसाद सिंहले समर्थन जनाएका थिए। छलफलमा सांसदहरूले ऐतिहासिक महत्व बोकेको कर्णालीको पहिचान झल्कने गरी प्रदेशको नामकरण भएकोमा खुसी व्यक्त गरे।

उनीहरूले भौगोलिक सुगमता, प्रशासनिक सहजता, पूर्वाधारको उपलब्धता र पहुँचका हिसाबले वीरेन्द्रनगर नै राजधानीका लागि उपयुक्त भएको धारणा व्यक्त गरेका थिए। संसद् बैठक १५ गतेसम्मका लागि स्थगन भएको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments