२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्रालय बाँडफाँड प्रस्ताव : एमालेलाई १०, माओवादीलाई ७ मन्त्रालय

अ+ अ-

काठमाडौं । एमाले र माओवादीबीच मन्त्रालय बाँडफाँडमा प्रारम्भिक समझदारी भएको छ । प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेले अर्थ र परराष्ट्रसहित १० र माओवादीले गृह र ऊर्जासहित ७ मन्त्रालय लिने प्रारम्भिक समझदारी गरेका हुन् । यद्यपि, छलफल अझै जारी रहेकाले अन्तिमसम्म प्रारम्भिक बाँडफाँड हेरफेर हुन सक्ने दुवै पार्टीका नेताहरूको भनाइ छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा ओली र प्रचण्डबीच भएको एक्लाएक्लै छलफलमा मन्त्रालय बाँडफाँडमा प्रारम्भिक समझदारी भए पनि दुवै पार्टीमा आन्तरिक छलफल सकिएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ । ‘अहिले मन्त्रालयका विषयमा छलफल जारी नै छ, आन्तरिक छलफलसमेत भइसकेपछि अन्तिम टुंगो लाग्नेछ,’ एमाले नेता सुवास नेम्वाङले भने ।

प्रधानमन्त्रीसँग मन्त्रालय बाँडफाँडबारे प्रारम्भिक समझदारी भएलगत्तै बिहीबार साँझ माओवादीले पार्टी हेडक्वार्टर सदस्यको बैठक बोलाएको थियो । ‘एमालेले १० र हामीले ७ मन्त्रालय लिने गरी मोटामोटी प्रारम्भिक समझदारी भएको अध्यक्षले बैठकमा जानकारी गराउनुभयो,’ बैठकपछि नेता गणेश शाहले भने, ‘तर, अन्तिम टुंगो लागिनसकेकाले अहिले प्रस्तावित मन्त्रालय फेरबदल हुन पनि सक्छन् ।’

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तारमा केन्द्रित रहेर बुधबार राति नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल, नेता सुवास नेम्वाङलगायतसँग सुझाब लिएका थिए । बिहीबार पार्टी एकीकरणका लागि गठित कार्यदल बैठककै बीचमा प्रधानमन्त्री ओली र प्रचण्डबीच भएको एक्लाएक्लै छलफलपछि मन्त्रालय बाँडफाँडको प्रारम्भिक समझदारी जुटेको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments