२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१८ वर्षे किशोरीको स्थायी बन्ध्याकरण : १३ मा बिहे, १४ मा पहिलो र १७ वर्षमा दोस्रो सन्तान

अ+ अ-

काठमाडौं । कानुनले विवाहका लागि न्यूनतम उमेर २० वर्ष तोकेको छ । तर, डोटीकी एक किशोरीले १८ वर्षमै दुई सन्तान जन्माएर स्थायी बन्ध्याकरण पनि गरेकी छिन् ।

बोगटान गाउँपालिका–१ सिमचौरकी मनीषा बोहराले ६ फागुनमा बन्ध्याकरण गराएकी हुन् । जिल्ला अस्पतालले उनकै गाउँमा शिविर चलाएको थियो ।

१३ वर्षमै उनको विवाह भएको थियो । १४ वर्षमा पहिलो र १७ वर्षमा दोस्रो सन्तान भएको उनले बताइन् । ‘सानो उमेरमै दुई सन्तान भइसके, त्योभन्दा बढाउन डर लाग्यो, त्यसैले अप्रेसन गराएँ,’ उनले भनिन् ।

सानै उमेरमा बिहे गर्नुहुँदैन भन्ने थाहा नभएको उनले बताइन् । आमा बनेपछि मात्रै छिटो बिहे गरेको महसुस भएको उनले सुनाइन् । ‘सानैमा विवाह गरेर एउटा गल्ती त भइहाल्यो,’ मनीषाले भनिन्, ‘धेरै बच्चा जन्माएर अर्को गल्ती नहोस् भनेर समयमै बन्ध्याकरण गरेकी हुँ ।’

सानै उमेरमा बन्ध्याकरणका लागि आएको देख्दा जिल्ल परेको जिल्ला अस्पताल डोटीका डा. गिरिश अवस्थीले बताए । ‘सुरुमा त आफन्तको बन्ध्याकरणका लागि साथमा आउनुभएको होला जस्तो लागेको थियो,’ डा. अवस्थीले भने, ‘उहाँले आफ्नै बन्ध्याकरण गराउन आएको बताएपछि अचम्म लाग्यो ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments