२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनमतले मधेशको मुख्यमन्त्रीमा सतीश सिंहलाई पठाउने

अ+ अ-

काठमाडौँ । जनमत पार्टीले मधेश प्रदेशको मुख्यमन्त्रीमा सतीशकुमार सिंहलाई पठाउने भएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष सरकार बनाउन बिहीबार (आजै) दाबी प्रस्तुत गर्ने गठबन्धन दलहरूले मुख्यमन्त्रीमा जनमत पार्टीका प्रदेश सांसद सिंहलाई मुख्यमन्त्री बनाउन लागेका हुन् ।

जनमत पार्टीका अध्यक्ष सीके राउतको निर्वाचन क्षेत्र सप्तरी-२ को १ बाट सिंह प्रदेश सांसदमा निर्वाचित भएका थिए । सप्तरीको तिलाठी कोइलाडी नगरपालिकाका प्रमुख समेत भइसकेका सिंहलाई मुख्यमन्त्री बनाउन राउतले सत्ता गठबन्धन दललाई सन्देश दिइसकेको छ । राउत अमेरिकामा छन् । उनी आइतबार मात्र नेपाल फर्किनेछन् ।

जनमत पार्टीले मधेश प्रदेशका संसदीय दलका नेता महेशप्रसाद यादव वा सांसद वसन्त कुशवाहालाई मुख्यमन्त्री बनाउने धेरैले आकलन गरेका थिए । तर, संसदीय दलका नेता यादव मधेश प्रदेश सरकारमा मन्त्री भइसकेको र सिंह भने राउतकै क्षेत्रको १ बाट निर्वाचित भएकाले मुख्यमन्त्रीमा उनलाई अवसर दिइएको एक नेताले बताए । संसदीय दलका नेता यादव पनि राउतकै क्षेत्रको प्रदेशसभा २ बाट निर्वाचित भएका थिए । यादव मधेश प्रदेश सरकारमा यसअघि शिक्षा तथा संस्कृति मन्त्री भइसकेका छन् ।

यसैगरी, जनमत पार्टीले मुख्यमन्त्री सिंहसँगै प्रदेशका समानुपातिक सांसद रञ्जुकुमारी मण्डल खंगलाई राज्यमन्त्री बनाउने तयारीमा छ ।