१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालेनले कानुनलाई चुनौती दिने हर्कत गरे : महेश बर्तौला

अ+ अ-

काठमाडौँ । सत्तारुढ एमालेका प्रमुख सचेतक महेश बर्तौलाले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले राज्यको विद्यमान कानुनी प्रबन्धहरूलाई चुनौती दिने व्यवहार गरिरहेको बताएका छन् ।

मुलुकको नेतृत्व गरिरहेका र गरेका नेताहरूविरुद्ध अमर्यादित अभिव्यक्ति दिएको पनि बर्तौलाले दाबी गरेका छन् ।

संघीय संसद् परिसरमा मंगलबार एमालेका प्रमुख सचेतक बर्तौलाले मेयर साहका पछिल्लो अभिव्यक्ति पदीय मर्यादा अनुकूल नभएको बताए । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि निम्छरो, अशिष्ट र उद्दण्डताका साथ मेयर शाहले अभिव्यक्ति दिएको बर्तौलाको भनाइ थियो ।

‘यो असाध्यै गलत ढंगलबाट विषयवस्तु आयो । महानगरपालिकाका मेयरले जुन ढङ्गबाट असाध्यै तल्लो स्तरबाट टिप्पणीहरू जसरी गरिरहनु भएको छ त्यो राम्रो होइन । उहाँ स्वयंले त्यो संस्थाको गरिमालाई गिज्याइरहनु भएको छ । मेयरजस्तो सम्मानित, मर्यादित पदलाई उहाँले गरेका टिप्पणीहरूले असाध्यै होचो बनाइरहेको छ, उहाँले सोच्नुपर्छ । एउटा युवा धेरै जनताले आशा पनि गरेको अवस्था हो उहाँप्रति । त्यसकारण त्यो भरोसा र आशा जागेर मेयरको त्यति महत्त्वपूर्ण गरिमामय जिम्मेवारीमा हुनुहुन्छ, ‘बर्तौलाले भने, ‘यो देशको नेतृत्वप्रति, पूर्वप्रधानमन्त्रीप्रति जुन ढङ्गबाट सधैँ निम्छरो तरिकाले अशिष्ट, उद्दण्ड तरिकाका साथ जे प्रस्तुति गरिरहनु भएको छ यो राम्रो छैन । यसले इतिहासलाई अवमूल्यन गर्ने, नेतृत्वमाथि गालीगलौज गर्ने, कहिले सिंहदरबार जलाइदिन्छु भन्ने, कहिले के भन्ने । यस प्रकार राज्यका विद्यमान कानुनी प्रबन्धलाई नै चुनौती दिने गरी एक जना मेयरले जे हर्कत गरिरहेको राम्रो होइन ।’

प्रतिक्रिया दिनुहोस