काठमाडौँ । सरकारले संसदमा पेस गर्न लागिएको बजेट स्वीकृत गरेको छ । भर्खरै बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित गरेको एक मन्त्रीले जानकारी दिए ।
क्याबिनेटमा अर्थमन्त्री पुनले बजेटबारे ब्रिफिङ गरेका थिए । केहीबेरमा संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्दै छन् ।
बजेट पढ्न जानुअघि मन्त्रीहरूले प्रधानमन्त्री कार्यालयअघि सामूहिक फोटो सेसन गरेका छन् ।