२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दर्दनाक घरेलु हिंसा : दाइजोकै निहुँमा जलाइन्छन् महिला

अ+ अ-

काठमाडौं । सम्बन्धविच्छेद गर्न नमानेको आरोपमा घरपरिवारबाटै जिउँदै जलाइएकी २० वर्षीया हजरा खातुनले सोमबार कीर्तिपुरस्थित स्किन अस्पतालमा प्राण त्यागिन्। धनुषाको क्षिरेश्वर नगरपालिका–८, हार्सरकी हजरालाई माघ २० गते श्रीमान् रसिद राइनसहित सासूससुरा मिलेर मट्टीतेल जिउमा खन्याएर घरमै आगो लगाएको आरोप माइती पक्षको छ।

शरीर जलेकै अवस्थामा खातुनको उद्धार गरी सुरुमा जनकपुर अञ्चल अस्पतालमा भर्ना गराएको थियो। तर, त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं कीर्तिपुर अस्पतालमा भर्ना गरियो। तर, यहाँ पनि उनको जीवन रक्षा गर्न असम्भव भयो।

जलाइएको १० दिनपछि अन्ततः उनको प्राणपखेरु गयो। खातुनको टाउको भन्दा तलको शरीरको सम्पूर्ण भाग जलेको थियो। मृत्युअघि हजराले आफूलाई पति रसिद, ससुरा अलिशेख कवारी, सासू रामसुनरी खातुन र नन्द जाहिर खातुन मिलेर जिउमा मट्टीतेल छर्की आगो लगाएको जानकारी प्रहरीलाई गराएकी थिइन्।

दोस्रो बिहे गरेका पतिबाट पेट्रोल खन्याएर जलाइएकी सिन्धुपाल्चोककी अञ्जली श्रेष्ठ यतिबेला अग्नि हिंसापीडित नेपाल ९विभिएस० को संरक्षणमा छन्। ०७३ असोज ६ मा अञ्जलीमाथि आगो लगाएर जलाइएको थियो। आगोका कारण उनको घाँटी र छाती जलेको छ। ‘अग्नि हिंसा’ सम्बन्धी एक कार्यक्रममा आइतबार पीडा सुनाउने क्रममा पुरानो घाउ सम्झेर अञ्जलीका आँखा रसाए।

उनले भक्कानिँदै भनिन्, ‘मलाई श्रीमानबाटै आगो लगाइयो। अपराधीलाई कडा सजाय होस्।’ बोक्सी आरोपमा चितवन माडी, बगौढाकी ठेगनीदेवी महतोलाई भाला र लाठीले कुटपिट गर्दै आगो लगाएर क्रूर तवरले हत्या गरियो। कथित बोक्सी आरोपमा ०६८ साल फागुन ५ गते ठेगनी देवीमाथि पेट्रोल छर्केर परालले पोलिएको थियो। ४० वर्षीय ठेगनी देवीका नाबालक १२ वर्षीय छोरा र नौ वर्षकी छोरी थिए। उनका छिमेकी हत्यारालाई सर्वोच्च अदालतबाट गत वर्ष सर्वस्वसहित जन्मकैदको सजाय तोकिएको छ।

दाइजो र कथित बोक्सी विवादका कारण महिलामाथि मट्टीतेल, पेट्रोल वा एसिड खन्याएर जलाउने क्रम बढ्दो छ। एक गैरसरकारी संस्थाले गरेको सर्वेक्षणले आठ वर्षको अवधिमा एक सय ७९ जना महिला र बालबालिकामाथि एसिड छ्यापेर र जलाएर हिंसा गरिएको छ।

यीमध्ये ५५ प्रतिशतले गहिरो घाउका कारण ज्यान गुमाएका छन्। पीडितको उद्धार, पुनःस्थापना र न्याय क्षेत्रमा क्रियाशील संस्था अग्नि हिंसापीडित नेपाल (विभिएस) ले २०१० जनवरीदेखि २०१८ जनवरीसम्म गरेको अध्ययन सर्वेक्षणले यस्तो भयावहको अवस्था देखाएको हो।

०१४ सालयता तीन वर्षको बीचमा मात्रै ४० महिला र बालबालिका जलाएर हिंसाको सिकार बनाइएको छ। तथाकथित आत्महत्याको नाममा दाइजो विवादका कारण मारिने क्रम बढ्दो छ। घाइते पीडितको अवस्था अत्यन्त दर्दनाक र पीडादायी छ।

यता, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको ‘बर्न डिपार्ट’ को रेकर्डअनुसार एक वर्षको अवधिमा पुरुष र महिला गरी ७८ जना जलेका बिरामी भर्ना भएका थिए। तीमध्ये पुरुष ३२ र महिला संख्या ४६ (१४ बढी) थियो। बर्न विभाग प्रमुख प्राडा ईश्वर लोहनीका अनुसार सात जना जलेर घाइते भएका महिला घरेलु हिंसाका कारण भर्ना भएका थिए भने तीन जनालाई आत्महत्याको कारण भन्दै अस्पताल लगिएको थियो।

‘जलेर भर्ना हुन आएका महिला कसैले पनि इतिहास बताउन मान्दैनन्। स्टोप की ग्यास पड्केर भन्छन्’, डा. लोहनी भन्छन्, ‘त्यसैले केही हो कि भन्ने शंका छ। उनीहरूले केही नभनेका कारण कहिलेकाहीँ बचाउन पनि गाह्रो हुन्छ।’

जलेका कतिपय बिरामीलाई ‘साइकोथेरापी’ गर्ने गरिएको बताउँदै लोहनीले शंकास्पद घटनामा तत्काल प्रहरीलाई जानकारी पनि दिने गरिएको बताए।

‘जलनका घटना भएपछि उपचार गर्न कठिन छ। शिक्षा नीतिमा सुधार गरेर पाठ्यक्रममै समावेश गरी स्कुलबाटै शिक्षा दिनु जरुरी छ’, उनले भने। प्रेम विवाह र यौन सम्पर्कको प्रस्ताव अस्वीकार गर्नु, दाइजो र वैवाहिक विवाद, जग्गा जमिन र सम्पत्ति विवाद, सन्तानका रूपमा छोरा जन्माउन नसक्नु र बोक्सीको आरोप हिंसाका कारण बन्ने गरेका छन्।

सर्वोच्च अदालतको पछिल्लो वार्षिक प्रतिवेदनले मुलुकभरका अदालतमा घरेलु हिंसाका एक हजार ५७ मुद्दा दर्ता रहेको तथ्य उजागर गरेको छ।

सुदूरपश्चिमका पाँच वटा जिल्लामा मात्र घरेलु हिंसाका पाँच सय ४३ मुद्दा छन्। आर्थिक वर्ष ०७२/७३ को प्रतिवेदनले यस्तो विकराल अवस्था देखाएको हो। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments