गजल « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

गजल


२७ माघ २०७४, शनिबार


दिन रात मिठा मिठा पान बनाएर ।
चपाउदै छ जिन्दगी शान बनाएर ।।

अरे यार ! एक नजर के दियौ तिमीले,
सताउछ हिजो आज हैरान बनाएर ।।

बिर्सिन्छुं पिडाहरू जब तिमी आउँछौ,
लाली ओठमा मधुमुस्कान बनाएर ।।

तिम्रा यादहरू यसरी आउछन की,
दिलमै जलाउछन् चिहान बनाएर ।।

चुहिन्छन तर्तरी रहरका छानाहरू,
छाउन सकिन कहिल्यै ढलान बनाएर ।।

बुन्न खोज्दैथे कोरा एक थान जिन्दगी,
उल्टै पेल्यो जिन्दगीले घान बनाएर ।।

प्रतिक्रिया दिनुहोस