२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यी हुन अफगानिस्तानको टी-२० विश्वकप खेल्ने खेलाडी 

अ+ अ-

काठमाडौँ । अफगानिस्तानले अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि राशिद खानको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । अफगानिस्तानले १९ वर्षीय विकेटकिपर ब्याट्सम्यान मोहम्मद इशाकलाई टोलीमा समावेश गरेको छ । 

इशाकले यसै वर्ष टी-२० मा डेब्यु गरेका थिए र टी-२० विश्वकपको टिममा पनि स्थान बनाउन सफल भएका थिए । इशाक बाहेक करिम जनात र नूर अहमदलाई पनि टोलीमा स्थान दिइएको छ ।

अफगानिस्तानले २० वर्षीय बायाँ हाते स्पिन अलराउन्डर नाङ्ग्याल खरोतीलाई पनि आफ्नो विश्वकप टोलीमा समावेश गरेको छ । उनले पनि इशाकजस्तै यसै वर्ष डेब्यु गरेका थिए । खरोतीले राशिद खान, मोहम्मद नाबी, मुजिब उर रहमान र नूर अहमदसँगै टोलीको स्पिन विभागलाई बलियो बनाउनेछन् । नवीन उल हक, फरीद अहमद र फजलहक फारुकीले फास्ट बलिङ आक्रमणको जिम्मा लिनेछन् । १५ सदस्यीय खेलाडीबाहेक सादिक अटल, हजरतुल्लाह जाजई र सलिम सैफी रिजर्भ खेलाडीमा परेका छन् ।

अफगानिस्तानले जुन ३ मा युगान्डासँगको खेलबाट टी–२० विश्वकपमा आफ्नो अभियान सुरु गर्नेछ । दुई टोलीबीचको यो खेल गुयानामा हुनेछ । त्यसपछि टोलीले जुन ७ मा न्युजिल्यान्डसँग खेल्नेछ । अफगानिस्तानले १३ जुनमा पपुवा न्युगिनी र १७ जुनमा वेस्ट इन्डिजसँग खेल्नेछ ।

अफगान टिम 

रहमानउल्लाह गुरबाज (विकेटकीपर), इब्राहिम जद्रान, अजमातुल्लाह ओमरजाई, नजिबुल्लाह जद्रान, मोहम्मद इशाक, मोहम्मद नाबी, गुलबदिन नाइब, करीम जनात, राशिद खान (कप्तान), नांग्याल खरोती, मुजीब उर रहमान, नूर अहमद, नवीन उल हक, फजलहक फारुकी। फरीद अहमद मलिक।