२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय सभा चुनाव भोलि

अ+ अ-

काठमाडौं । बहुप्रतीक्षित राष्ट्रिय सभा चुनाव बुधबार हुँदै छ । राष्ट्रिय सभा गठन नहुँदा दुई महिनाअघि सकिएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम नतिजा घोषणा हुन सकेको छैन । निर्वाचन आयोगले मंसिर २१ मा सकिएको प्रतिनिधिसभा निर्वाचनको मत परिणाम संवैधानिक र कानुनी जटिलताका कारण सार्वजनिक गर्न नमिलेको हो । यसबाट नयाँ सरकार गठन प्रक्रियासमेत ठप्प छ ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राष्ट्रिय सभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको र राष्ट्रिय सभा निर्वाचन परिणाम आएलगत्तै प्रतिनिधिसभाको समानुपातिकको परिणाम दिने प्रक्रिया थालिने बताए । ‘माघ २४ गते चुनाव सम्पन्न हुन्छ, सोही रातिबाट परिणाम आउन थाल्छ । सकभर भोलिपल्ट २५ गते राष्ट्रिय सभा सदस्य निर्वाचनको सबै परिणाम आइसक्छ,’ उनले भने । आयोगले माघ २६ गते राष्ट्रिय सभाको परिणाम राष्ट्रपतिसमक्ष बुझाउने लक्ष्य राखेको छ ।

प्रमुख आयुक्त यादवका अनुसार प्रतिनिधिसभाको समानुपातिकको परिणाम दिन आयोगको तयारी पूरा भइसकेको छ । २६ गते कुन दलले कति सिट पाएको सार्वजनिक गरी विजयी उम्मेदवारको नाम प्रस्ताव गर्न दलहरूलाई पत्राचार गरिने आयोगको तयारी छ ।

प्रतिनिधिसभा र राष्ट्रिय सभासहितको संघीय संसद्मा प्रतिनिधित्व गर्ने दलले कम्तीमा आफूले प्रतिनिधित्व गरेको कुल सिटको ३३ प्रतिशत महिला पुर्‍याउनुपर्ने संवैधानिक प्रावधान छ । राष्ट्रिय सभा र प्रतिनिधिसभाको प्रत्यक्षको समेत जोड्दा ३३ प्रतिशत पुर्‍याउन नसक्ने दलको हकमा अपुग महिलाको संख्या समानुपातिक सूचीबाट पुर्‍याउनुपर्ने कानुनी व्यवस्था छ । कानुनको त्यही प्रावधानका कारण राष्ट्रिय सभा गठन नभई आयोगले प्रतिनिधिसभाको समानुपातिकको परिणाम दिन सकेको छैन ।
प्रमुख आयुक्त यादवले संवैधानिक र कानुनी प्रावधानका कारण प्रतिनिधिसभाको पूर्णताका लागि राष्ट्रिय सभाको चुनाव कुर्नुपरेको बताए । ‘आयोग प्रतिनिधिसभाको परिणाम दिन आतुर छ, राष्ट्रिय सभाको चुनाव परिणामसँगै बाटो खुल्छ,’ उनले भने, ‘छिटो परिणाम दिनैका लागि प्रतिनिधिसभा समानुपातिक निर्वाचन निर्देशिका संशोधनसमेत गरिएको छ । फागुन ५ भित्र सम्पूर्ण परिणाम राष्ट्रपतिसमक्ष बुझाइसक्ने लक्ष्यसाथ काम गर्दैछौं । यसमा दलहरूको साथ चाहिन्छ ।’

उनले तोकिएको समयभित्र कानुनअनुसार बन्दसूचीबाट विजयी उम्मेदवारको नाम मिलाएर दलहरूले बुझाइदिए परिणाम थप छिटो दिन सकिने बताए । आयोगले छिटो परिणाम दिन निर्वाचन निर्देशिका संशोधन गरी प्रस्तावित विजयी उम्मेदवारको नामावली पेस गर्न दलहरूले पाउने ७ दिनको समय घटाएर ३ दिनमा झारिसकेको छ । नमिलेका विषय सच्याउन यसअघि कायम ३ दिनको समयलाई २ दिनमा झारिएको छ ।

राष्ट्रिय सभामा निर्वाचनबाट चुनिने ५६ सिटमध्ये उम्मेदवारी मनोनयनकै क्रममा २४ सिट निर्विरोध भएपछि ३२ सिटका लागि मात्रै निर्वाचन हुन लागेको छ । ५९ सदस्यीय राष्ट्रिय सभामा ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् । प्रत्येक प्रदेशबाट कम्तीमा ३ जना महिला, एक जना दलित र एक जना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक तथा अन्य ३ जनासहित ८ जना निर्वाचित हुने संवैधानिक प्रावधान छ ।

प्रदेश २ को ८ वटै सिट निर्विरोध भएका कारण उक्त प्रदेशमा चुनाव हुनेछैन । प्रदेश ३ र ६ मा मात्रै सबै पदमा निर्वाचन हुने भएको छ ।

प्रदेश १ मा दलितको १ र अपांगता वा अल्पसंख्यकको १ पद गरी जम्मा २ सिटका लागि, प्रदेश ४ मा अन्य समूहको ३, महिला ३ तथा दलित १ सिटमा निर्वाचन हुनेछ । प्रदेश ५ मा अन्य समूहका ३, दलित १ र अपांगता वा अल्पसंख्यक १ गरी ५ पदमा तथा प्रदेश ७ मा दलित १ र अपांगता भएका वा अल्पसंख्यक १ गरी जम्मा २ पदमा निर्वाचन हुने आयोगले जनाएको छ । मतदानमा एकल संक्रमणीय तथा बहुमतीय दुवै निर्वाचन प्रणाली अपनाइएको छ । एक जना सदस्य मात्र निर्वाचित गर्नुपर्ने दलित र अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समूहको निर्वाचन बहुमतीय प्रणालीबाटै तथा महिला र अन्य समूहको ३र३ जनाको निर्वाचन एकल संक्रमणीय मत प्रणालीबाट हुनेछ । राष्ट्रिय सभा निर्वाचक मण्डलमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख छन् । प्रदेशसभाका सदस्यको मतभार ४८ र स्थानीय तहबाट प्रतिनिधित्व गर्ने मतदाताको मतभार १८ तोकिएको छ ।

प्रमुख आयुक्त यादवले सुझबुझ र धैर्यसाथ मतदान गर्न आग्रह गरेका छन् । ‘एक जनाले खसालेको मत बदर हुनु १८ वा ४८ मूल्यको मत बदर हुनु हो,’ उनले भने, ‘मतदान गर्ने बेला आफ्नो मत बदर नहोस् भन्नेतर्फ मतदाताहरू संवेदनशील हुनुपर्छ ।’ उनले निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको बताए । आयोगले गणनाका लागि दक्ष जनशक्तिसमेत मतदान केन्द्रहरूमा पठाइसकेको उनले जानकारी दिए । आयोगले प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को पाटन, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र प्रदेश ७ को दिपायलमा निर्वाचन अधिकृतको कार्यालय खोलेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

0 Comments