२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश संसद्को अभ्यास सुरु : हेटौंडामा संघीय सपना

अ+ अ-

हेटौंडा । संघीय नेपालको पहिलो प्रदेशसभा बैठक हलमा राष्ट्रगान बज्दा कांग्रेस सांसद सन्त चेपाङका आँखा रसाएका थिए। गला अवरुद्ध भएको थियो। रोस्ट्रममा माइकको धुनसँगै चेपाङका ओठ ‘सयौं फूलका थुंगा हामी’ गुन्गुनाइरहेका थिए। मन भने मकवानपुरको विकट काँकडास्थित आफ्नो गाउँ धिराङतिर उड्दै थियो। ‘खाली खुट्टा भीरपाखा गर्दै डोको बेचेर जीवन गुजारा गर्ने म सीमान्तकृत चेपाङ आज प्रदेशको संसद् बैठकमा छु’, अन्नपूर्णसँग उनले भावना साटे, ‘यो मेरो लागि मात्र होइन मेरो समुदायको लागि पनि गर्वको कुरा हो ।’

प्रदेश संघीय संरचनामा रूपान्तरण भएपछि प्रदेशसभाको पहिलो अधिवेशन हेटौंडामा बिहीबार सुरु भएको हो। प्रदेश ३ को अस्थायी मुकाममा पहिलो अधिवेशन सुरु भएसँगै अब प्रदेश संसद्को अभ्यास अघि बढेको छ। हेटौंडा उपमहानगरपालिका–१० स्थित प्रदेशसभा सचिवालमा निर्वाचनमा विजयी भएको दुई महिनापछि पहिलो बैठकमा सहभागी हुँदै गर्दा प्रदेशसभा सदस्यको मुहारमा छुट्टै रौनक देखिन्थ्यो। दिउँसो १ बजे सुरु भएको बैठक प्रदेशसभा सभामुख चयनको मिति घोषणा गर्दै डेढ घण्टामा सकिएको थियो।

बैठक सुरु भएलगत्तै सभामुखको आसनबाट ज्येष्ठ सदस्य डोरमणि पौडेलले प्रदेश प्रमुख अनुराधा कोइरालाले पठाएको अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएका थिए।

लगत्तै प्रदेश ३ को प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधि २०७४ पारित गरियोस् भनि सभाध्यक्ष पौडेलले बैठकमा निर्णयार्थ पेस गरेका थिए। उक्त प्रस्तावलाई हलले सर्वसम्मतिले पारित गरेको थियो। पारित उक्त कार्यविधिमा बैठक सञ्चालन, सभामुखको काम कर्तव्य, कार्यव्यवस्था परामर्श समिति गठन, प्रदेशसभा सदस्यहरूको आचारसंहितालगायत विषय समेटिएका छन्।

सभामुखको आसनबाट पौडेलले बैठकबाट माघ २७ गते दिउँसो ३ बजे सभामुख चयनको मिति घोषणा गरेका छन्। सभामुख चयनपछि मात्र उपसभामुख चयन गर्ने अभ्यास छ। बैठकमा सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्न प्रदेशसभा सदस्य रामेश्वर फुँयाल, घनश्याम दहाल, गीता वाग्ले र शोभा शाक्यलाई तोकिएको छ।

पहिलो बैठकको समाचार संकलन गर्न ठूलो संख्यामा सञ्चारकर्मी पनि उपस्थित थिए। संसद् बैठकको भिडियो खिच्न सञ्चारकर्मीलाई रोक लगाइएको थियो। सञ्चारकर्मीलाई फोटो खिच्न सीमित समय दिएर हलमा प्रवेश दिइएको थियो।

बैठक कक्षको सुरक्षाका लागि ३० जना मर्यादापालक खटाइएको थियो। सुरक्षाका लागि दोस्रो घेरामा तालिमप्राप्त कुकुरसहित बम डिस्पोजल टोली र तेस्रो घेरामा सशस्त्र प्रहरी परिचालन गरिएको थियो।

बैठकमा प्रदेश ३ मा प्रतिनिधित्व गर्ने सात राजनीतिक दलका एकरएक जना प्रदेशसभा सदस्यलाई अग्रभागमा आसनको व्यवस्था गरिएको थियो। बैठक स्थलमा प्रदेश प्रमुख सचिवसहित विशिष्ट व्यक्ति र सञ्चारकर्मीलाई बैठक हलको पछाडि बस्ने व्यवस्था गरिएको थियो। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments